ढाँणथपला र योङ्ग स्टार फाइनलमा प्रवेश – Karnali News

ढाँणथपला र योङ्ग स्टार फाइनलमा प्रवेश

 ११ आश्विन २०७८, सोमबार १७:१८  

नौरते नेपाली, असोज ११ जुम्ला
विवादका कारण रोकिएको जुम्लामा एन्फा जिल्ला लिगको फाइनलमा ढाँणथपला युवा क्लब र योङ्ग स्टार फुटबल क्लब फाइनलमा प्रवेश गरेका छन् । सोमबारका दिन भएको सेमिफाइनलको पहिलो खेलमा ढाँणथपला युवा क्लबले लेकाली युवा क्लबलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

९० मिनेटको निर्धारित समयमा ढाँणथपाला र लेकालिका युवा क्लबको २÷२ गोल बराबरी भएपछि पेनाल्टि सुट आउटमा ढाँणथपला युवा क्लब विजयी भएको हो । पेनाल्टि सुटआउनमा ३ का विरुद्ध ५ गोल गर्दे ढाँणथपालले लेकाली युवा क्लबलाई पराजित गरेको हो । अब ढाँण्थपाला युवा क्लब फाइनमा प्रवेश गरेको छ । पहिलो खेलमा पेनाल्टि सुटआउटमा २ गोल रोक्न सफल भएको भन्दै आयोजक ढाँणथपाला युवा क्लबका गोलकिपर अमृत रोकायालाई म्यान अफदि म्याच घोषणा गरेको एन्फा जम्लाका महासचिव भरतवहादुर खत्रीले जानकारी गराउनु भयो ।

यस्तै दोस्रो खेल योङ्स्टार यूवा क्लब र फोइकालिका यूवा क्लब बीच भएकोमा योङ्ग स्टार फुटबल क्लब फाइनलमा प्रवेश गरेको हो । फोइकालिका युवा क्लबलाई ३ का विरुद्ध १ गोल अन्तरले पराजित गर्दै योङ्ग स्टार फाइनल पुगेको हो । सेमिफाइनलको दोस्रो खेलमा उत्कृष्ट र अनुशासित खेल्नु भएका नगेन्द्र महतारालाई म्यान अफ द म्याच घोषित गरिएको छ ।

गत असोज १ गतेदेखि सुरु भएको एन्फा जिल्ला लिगमा सोमबारका दिन सेमिफाइनलका दुई खेल भएका हुन् । फोइकालिका युवा क्लबलाई पराजित गर्दै योङ्ग स्टार फाइनल पुग्ने दोस्रो टिम बनेको छ । यससँगै ढाँणथपला र योङ्ग स्टारको फाइनल समीकरण पूरा भएको छ । कडा सुरक्षा बिच नेपाली सेनाको खेलमैदान टुडिखेलमा फुटबल प्रतियोगिता भएको थियो ।

फाइनल खेल असोज १२ गते विहान ७ बजे ढाँणथपला युवा क्लब र योङ्ग स्टार फुटबल क्लब बिच हुने आयोजकले जनाएको छ ।