पत्रकारलाई धम्कि दिएको विषयमा अकोराब कर्णाली प्रदेशको ध्यानकर्षण – Karnali News

पत्रकारलाई धम्कि दिएको विषयमा अकोराब कर्णाली प्रदेशको ध्यानकर्षण

 ११ आश्विन २०७८, सोमबार १६:०२  

एनिसा हमाल, असोज ११ जुम्ला
कालिकोटका दुई जना पत्रकारलाई समाचार लेखेको भन्दै धम्कि दिने जनप्रतिनिधि प्रति सामुदायिक रेडियो प्रसारक संघ अकोराव कर्णाली प्रदेशले ध्यानकर्षण गरेको छ । रेडियो नयाँ कर्णालीमा कालीकोटमा कार्यरत प्राविधिक प्रमुख ललित विष्ट र कार्यक्रम संयोजक प्रेमराज सिम्खडालाइलाई धम्कि दिएको विषयमा अकोराब कर्णाली प्रदेशले ध्यानकर्षण गरेहो हो ।

समाचार लेखेर सामाजिक संजालमा सेयर गरेकै कारण हातपात, गाली बेइजती र ज्यान मार्ने धम्कि दिनु दुःखद भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै संलग्न दोषिलाइ कारबाहिको दायरामा ल्याउन आग्रह गरिएको सामुदायिक रेडियो प्रसारक संघ अकोराव कर्णाली प्रदेशका अध्यक्ष गोर्खबहादुर थापाले बताउनु भयो ।

“स्वतन्त्र पत्रकारीताबाट आम सामुदायलाइ सूचित गर्ने अभियानमा लागेका सामुदायिक रेडियो कर्मी माथि भएको हातपातको घोर निन्दा र भत्र्सना गर्दै सुरक्षा हाता भित्रै भएको यस दुःखद घटनाको उचित छानविन गरि, व्यक्तिको सूचना पाउने हकको सूनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको अध्यक्ष थापाको हस्ताक्षरमा जारी गरिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

घटनामा संग्लन दोषि उपर नेपालको प्रचलित कानुन बमोजिम कारबाहिको दायरामा ल्याउन प्रहरी प्रशासन समक्ष आग्रह गर्दछौँ विज्ञप्तीमा भनिएको छ । प्राविधिक प्रमुख विष्टलाई सामाजिक संजाल तथा अनलाइमा समाचार प्रकाशित गरेको भन्दै शुभकालिका गाउँपालिका कालिकोटका उपाध्यक्ष पम्फा कुमारी शाहीले प्रहरी कार्यालय हाता भित्र हातपात तथा गाली बेइजती गरिएको जनाइएको छ ।

साथै उहाँका श्रीमान बखत शाहीले रेडियो नयाँ कर्णालीमा कार्यक्रम कार्यक्रम संयोजक तथा गोरखा पत्र दैनिकका जिल्ला संवाददाता प्रेमराज सिम्खडालाइ ज्यान मार्ने धम्कि दिएको पनि प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । उपाध्यक्ष जस्तो जिम्मेवार पदमा बस्ने पदाधिकारीबाट यो किसिमको निच हर्कतको जति निन्दा र भत्र्सना गरे पनि नहुने अध्यक्ष थापाले बताउनु भयो ।