काँडा गाउँका ६० घरपरिवार एउटै धाराको भरमा – Karnali News

काँडा गाउँका ६० घरपरिवार एउटै धाराको भरमा

 १० आश्विन २०७८, आईतवार १०:०९  

नौरते नेपाली, असोज १० जुम्ला
जुम्ला सिंजा गाउँपालिका वडा नम्बर ६ काँडा गाउँका ६० घरका नागरिक एउटै धारामा पानी खान बाध्य छन् । गाउँमा रहेका ९० वटा घर मध्ये ६० वटा घरका नागरिक एउटै धाराको पानी खान बाध्य भएका हुन् । गाउँमा अन्य पानीका धारा नहुँदा ६० घरका नागरिकले एउटै धाराको पानी खादै आएको स्थानीय मल्ल बुढाले बताए ।

उनले भने गाउँमा अन्य पानीका धारा नहुँदा ६० घरका मानसले एउटै धाराको पानी प्रयोग गरेका छौँ । धारामा पानी नआउदा सारै दुःख हुने गरेको उनले सुनाए । एकै पटक धेरै जना पानी भर्ना जाँदा लाइनमा बस्नु पर्ने बाध्यता रहेको बुढाले बताए । एक घर एक धाराको अवधारणा सरकारले अघि सारे पनि नागरिकले सहज रुपमा पानी खान नपाएको उनको गुनासो छ ।

स्थानीय सरकारले पनि गाउँमा स्वच्छ र नागरिकको पहुँचमा खानेपानी पुराउन नसकेको प्रति उन आक्रोस व्यक्त गरे । बुढाका अनुसार स्थानीय सरकारले एक घर एक धारा निर्माण गर्ने बाचा गरेपनि पुरा गर्न नसकेको बताए । स्थानीय तहको निर्वाचनका बेला दुर्गम ठाउँमा रहेको काँडा गाउँको विकासका लागि पहल गर्ने भनेपनि जनप्रतिनिधिले बोलेको कुरा पुरा नगरेको उनको भनाइ छ ।

जनताको आँखामा छारो हाल्ने काम भएको भन्दै उनले भने फेरी पनि जनप्रतिनिधि हुने बिचार भए जनताका बिच गरेको कबुल पुरा गर्न आग्रह गरे । गाउँमा खानेपानी, स्वास्थ्य चौकि, विजुली र राम्रो विद्यालय नहुँदा नागरिकले दुःख भोगेको उनले बताए । उनले भने सिंहदरबारको अधिकार गाउँसम्म आए पनि नागरिकले विकासको महसुश अझै गर्न नसकेको सुनाए ।

गाउँमा मोटर गुड्ने बाटो भएपनि सडकको अवस्था दयनिय रहेको बुढाले जनाए । उनले भने काँडागाउँ सिंजा गाउँपालिकाको अन्य वडाको तुलनामा विकास निर्माणका हिसाबले पछि परेको गाउँ हो । गाउँमा खानेपानी, विजुली, यातायात र शैक्षिक लगायतका समस्या रहेको उनको भनाइ ।

यता वडाध्यक्ष कालीवहादुर बुढाले काँडा गाउँको समस्या प्रति स्थानीय सरकार गम्भिर रहेको प्रतिक्रया दिए । उनले भने हामी जनताको बिचमा छौँ, जनताको समस्या समाधान गर्न लागि रहेको उनको भनाइ छ । वडाध्यक्ष बुढाले भने गाउँमा देखिएको खानेपानीको समस्या हल गर्न एक घर एक धाराको योजना अघि सारेका छौँ ।

अबको झण्डै एक वर्ष भित्र प्रत्येक घरमा खानेपानी पुगि सक्ने उनले बताए  । स्थानीय सरकासँग सिमित स्रोत र साधान भएको हुँदा एकै पटक धेरै विकास गर्न संभव नभएको अध्यक्ष बढाको भनाइ छ ।