
नौरते नेपाली, भाद्र ३० जुम्ला
हिमा गाउँपालिका वडानम्बर १ देयारगाउँमा रहेको हिमालचुली महिला बुहउद्देश्यि सहकारी संस्थाले १४ औँ वार्षिक साधारणसभा गरेको छ । सहकारीले गरेको महिलाका क्षेत्रमा गरेको कामका र आय व्ययका बारेमा जानकारी गराउन वार्षिक साधारणसभा गरेको हो । गाउँमा रहेको सहकारीले महिलाको आर्थिक जीविकोपार्जन र क्षमता विकासमा काम गरेको छ ।
सहकारीमा आवद्ध महिलालाई विना व्याज व्यवसाय संचालनको लागि ऋण दिने गरेको सहकारीका व्यवस्थापक दन्तवहादुर शाहीले बताउनु भयो । उहाँका अनुसार महिलाको क्षमता विकास र आर्थिक अवस्था सुधार गर्नको लागि सहकारीले काम गरेको बताउनु भयो । महिलाले मानो चामल र मुट्ठि दाल बेचेर सहकारीमा बचत गर्दै आएको उहाँले बताउनु भयो ।
पुरुषहरुको तुलनामा बचत गर्ने कार्यमा महिलाहरु अघि रहेको व्यवस्थापक शाहीले बताउनु भयो । वार्षिक साधारणसभाको अवसरमा आय व्यय प्रस्तुत गर्दै उहाँले सहकारीको जम्मा आय २४ लाख २० हजार ६ सय ७९ रुपैया र व्यय पनि उतिनै भएको जानकारी गराउनु भयो । यस्तै शेयर पुँजि ४ लाख ५२ हजार र २४ लाख ६ हजार ८ सय रुपैयाँ ऋण लगानि भएको उहाँको भनाइ छ ।
१४ हजार ८ सय ७९ रुपैयाँ बैँक मौज्दात रहेको व्यवस्थापक शाहीले बताउनु भयो । गत आर्थिक वर्षमा सहकारीले १ लाख २९ हजार ३ सय ९० रुपैयाँ आम्दानी गर्न सफल भएको उहाँले जानकारी गराउनु भयो । २०६५ सालमा स्थापना भएको सहकारीले २०७४ सालपछि मात्रै कारोबार गर्न सुरु गरेको शाहीको भनाइ छ ।
सुरुमा सहकारीको नाममा १८ सय रुपैया रहेको भन्दै व्यवस्थापक शाहीले आफुले कारोबारको जिम्मेवारी लिएबाट आर्थिक रुपमा मजबुद हुँदै गएको बताउनुभयो । सहकारी संचालनको मुख्य पाटो व्यवस्थापन भएको उहाँले बताउनु भयो । सहकारीका अध्यक्ष नन्ददेवि अधिकारीले महिलाहरुको हकहितका लागि काम गर्न सहकारी गठन भएको बताउनु भयो ।
थला परेको सहकारीले हाल लाखौँको कारोबार गर्दै महिलाको क्षेत्रमा काम गर्दै आएको बताउनु भयो । आत्मसम्मानका लागि सहकारी क्याड नेपाल जुम्लाले सहकारीको व्यवस्थापन र आर्थिक पक्षमा सहयोग गरेको उहाँले बताउनु भयो । १ सय ६५ जना महिला सहकारीको शेयर सदस्य रहेको अधिकारीले जानकारी गराउनु भयो ।
हिमा गाउँपालिभरि रहेका अन्य सहकारी भन्दा अब्बल र सक्षम बनाउदै आर्थिक रुपमा पछि परेको महिलाको जीवन स्तरमा सुधार गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ । अध्यक्ष अधिकारीका अनुसार महिलाले घरमा उत्पादन भएको सिमि र चालम बेचेर जम्मा गरेको बचतलाई दुईको चार बनाउने उद्देश्यले सहकारी स्थापना भएको जानकारी गराउनु भयो ।
हिमालचुली महिला बहुद्देश्यि सहकारीले महिलाको क्षमता विकास र बचतका क्षेत्रमा काम गर्दै आएको अध्यक्ष अधिकारीको भनाइ छ । निर्माण व्यवसायि संघ जुम्लाका वरिष्ठ उपाध्यक्ष विष्णुवहादुर शाहीले फजुलमा हुने खर्चलाई महिलाले बचत गरेकोमा धन्यवाद दिनुभयो । पुरुषले अनाआवश्यक रुपमा रकम खर्च गर्ने गरेको भन्दै उहाँले महिलाले भविष्यका लागि सोचेर बचत गरेकोमा उहाँले खुसी व्यक्त गर्नु भयो ।
शाहीका अनुसार सहकारीले महिला शसक्तिकरण र जीवन स्तर सुधारका लागि बचत गर्ने बानीको विकास गराएकोमा आउदा दिनमा सहकारीले उन्नति र प्रगति उहाले शुभकामना दिनु भएको छ । महिलाहरुले मात्रै संचालन गरेको सहकारीले आगामी दिनमा अझै राम्रो काम गरेमा आफ्नो साथ सहयोग रहने शाहीको भनाइ छ ।