तिलाको प्रशासनिक केन्द्रको भवन निर्माण कार्य तिब्र – Karnali News

तिलाको प्रशासनिक केन्द्रको भवन निर्माण कार्य तिब्र

 ९ भाद्र २०७८, बुधबार ०७:३०  

नौरते नेपाली, भाद्र ९ जुम्ला
जुम्लाको तिला गाउँपालिकाले प्रशासनिक केन्द्रको भवन निर्माण कार्यलाई तिब्र बनाएको छ । आउदो दशैँसम्म आफ्नै भवनमा सर्ने गरि निर्माण कार्यलाई तिब्र बनाएको हो । तिलाको डुण्डेलीमा निर्माणाधिन अवस्थामा रहेको भवनको निर्माण कार्य झण्डै ६० प्रतिशत भन्दा बढी सम्पन्न भइ सकेको छ । नमूना र भूकम्प प्रतिरोधि भवन निर्माण कार्य जारी रहेको गाउँपालिका अध्यक्ष रतननाथ योगिले बताउनु भयो ।

उहाँका अनुसार आउदो दशैँसम्म गाउँपालिकाको आफ्नै भवन निर्माण भइ कार्य संचालन हुने जानकारी गराउनु भयो । भवन निर्माणको जिम्मेवारी पाएको निर्माण व्यवसायिलाई दशैँ अगाबै भवन निर्माण गरि सक्न सूचना दिई सकेको उहाँको भनाइ छ । दशैँ पछि निर्माण कार्य सकाएमा गाउँपालिबाट भुक्तानि दिन बाध्यकारी नहुने भनि सकेको अध्यक्ष योगिले बताउनु भयो ।

दशैँ पछि गाउँपालिकाले आफ्नै भवनबाट सेवा प्रवाह गर्ने उहाँले जानकारी गराउनु भयो । अध्यक्ष योगिका अनुसार गाउँपालिकाको प्रशासनिक केन्द्र महत्वपूर्ण भएकाले आफ्नै पालामा भवन निर्माण भइ सक्ने बताउनु भयो । अन्य स्थानीय तहले प्रशासनिक केन्द्रको टुंगो लगाउन नसकेका बेला तिला गाउँपालिकाले भवन निर्माण कार्यलाई तिब्रता दिएको छ ।

भवन निर्माणको जिम्मेवारी पाएको महत बानिया जेभिलाई फुलपातिको दिनमा भवन हस्तान्तरण गर्न अध्यक्ष योगिले निर्देशन दिइ सक्नु भएको छ । ३ करोड रुपैयाको लागतमा भवन निर्माण सम्पन्न हुनेछ । डुण्डेलीमा दुईवटा भवन निर्माणाधिन अवस्थामा रहेको अध्यक्ष योगिले बताउनु भयो ।

उहाँका अनुसार एउटा भवन सटर सहितको र अर्काे भवन प्रशासनिक कामकागमा प्रयोग आउने जानकारी गराउनु भयो । तिला गाउँपालिका जुम्लाका प्रमुख प्रशासकिय अधिकृत मीनहावदुर रावलका अनुसार चन्दननाथ नगरपालिका पछि आफ्नै भवन निर्माण गर्ने तिला गाउँपालिका पहिलो भएको बताउनु भयो ।

स्थानीय सरकारले आफ्नै भवन निर्माण गर्न लागेको हुनाले नागरिकलाई सेवा प्रवाहमा सहज हुने उहाँको बुझाइ छ । भाडाको घरबाट सेवा दिन असजिलो भएको बताउँदै रावलले अब आफ्नै भवनबाट सेवा प्रवाह गरिने बताउनु भयो । गएको असार महिनामा भवन निर्माणको सम्झौता सकिएको हुँदा निर्माण व्यवसायिले म्याद थपको माग गरेको उहाँको भनाइ छ ।

थप तिन महिनाको लागि निर्माण कार्य सम्पन्न गर्न गाउँपालिकाले म्याद थप गरेको रावलले जानकारी गराउनु भयो । जुम्लाको कनकासुन्दरी र हिमा गाउँपालिकाले अझै प्रशासनिक केन्द्रकको टुंगो लगाउन सकेका छैन् । सिंजा गाउँपालिकाले प्रशासनिक केन्द्रको भवन निर्माण कार्य सुरु गरि सकेको छ । गुठीचौ, तातोपानी र पातारासि गाउँपालिकाले प्रशासनिक केन्द्रको टुंगो लगाए पनि भवन निर्माण कार्य सुरु गरेका छैन् ।