
नौरते नेपाली, साउन १७ जुम्ला
मालपोत कार्यालय जुम्लाले आर्थिक वर्ष २०७७÷०७८ मा १ करोड ९१ लाख ९६ हजार २ सय ३५ रुपैया राजश्व संकलन गरेको छ । विभिन्न शिर्षकमा राजश्व संकलन गरिएको कार्यालय प्रमुख नरेन्द्रवहादुर रोकायाले बताउनु भयो । जग्गा नामसारी, संशोधन, रोक्का, अंशवण्डा लगायतका विभिन्न शिर्षकमा राजश्व संकलन गरिएको उहाँको भनाइ छ ।
संकलन भएको राजश्व मध्ये ४० प्रतिशत प्रदेशमा र ६० प्रतिशत राजश्व कारोबार भएको स्थानीय तहको खातामा जम्मा हुने गरेको रोकायाले बताउनु भयो । गत आर्थिक वर्षमा १ हजार ४ सय ५६ वटा लिखत भएको उहाँले जानकारी गराउनु भयो । राजीनामा, रोक्का, अंशबण्डा, अंश भरपाई, हालेको बकस पत्र लगायतका १ हजार ४ सय ५६ वटा लिखत भएको रोकायाले बताउनु भयो ।
गत आर्थिक वर्षमा नामासारी ८७ वटा, संशोधन १ सय ५७ र ७ वटा मिलापत्र तथा दाखा गरिएको उहाँले जानकारी गराउनु भयो । कार्यालय प्रमुख रोकायाका अनुसार गत आर्थिक वर्षमा २ सय ६३ जना महिलाको नाममा जग्गा नामसारी भएको बताउनु भयो । १३ लाख ३८ हजार ९ सय ९९ रुपैयाँ महिलालाई राजश्वमा छुट दिईएको उहाँको भनाइ छ ।
चन्दननाथ नगरपालिका भित्रका १ सय १८ जना महिलालाई २५ प्रतिशत र स्थानीय तहका १ सय ४५ जना महिलालाई ५० प्रतिशत रकम राजश्वमा छुट दिईएको रोकायाले बताउनु भयो । राजश्व कम लाग्ने भएकाले महिलाको नाममा जग्गा नामसारी गर्नेको संख्या बढेको उहाँको भनाइ छ ।
रोकायाका अनुसार ४७ जना दलित समुदायका मानिसले जग्गा नामसारी गर्दा २५ प्रतिशतका दरले ८४ हजार ३ सय ३३ रुपैयाँ राजश्वमा छुट दिइको जानकारी गराउनु भयो । अपाङ्ग भएका १ जना र वृद्ध १ जनाले गत आर्थिक वर्षमा २५ प्रतिशत राजश्वमा छुट पाएको उहाँको भनाइ छ । मालपोत कार्यालयमा हुने भिडलाई कम गर्नको लागि टोकन प्रणाली लागु गरेबाट सेवा प्रवाहमा सहज भएको कार्यालय प्रमुख रोकायाले जानकारी गराउनु भयो ।
सेवा लिन आएका नागरिकलाई टोकन दिने गरिएबाट भिडभाड कम भएको उहाँको भनाइ छ । टोकनमा सेवा उपलब्ध हुने दिन तोकिएको हुनाले काम नहुने दिनमा सेवाग्राहिलाई आउन नपर्ने उहाँले बताउनु भयो । हरेक कार्यालयले सेवाग्राहिलाई सेवा नदिई सुख हुँदैन रोकायाले भन्नुभयो नियमित दिइ रहेको सेवालाई सजिलो गर्न खोजिएको बताउनु भयो ।
टोकन प्रणाली लागु भएबाट जग्गा नामसारी प्राविधिक समस्या नभएमा एकै दिनमा लालपुर्जा दिने गरिएको रोकायाले जानकारी दिनुभयो । मालपोत कार्यालयबाट भनेको बेला सेवा पाइदैन र काममा ढिल्ला सुस्ति हुन्छ भन्ने भ्रमलाई चिर्नको लागि टोकन प्रणाली लागु गरिएको उहाँको भनाइ छ । सेवाग्राहिलाई लाइनमा बस्नु पर्ने र हप्ता दिन कुर्दा पनि काम नहुने भएकाले उपस्थित भएकै दिन सेवा दिन गरि यो स्टिम लागु गरिएको कार्यालय प्रमुख रोकायाले बताउनु भयो