
नौरते नेपाली, असार १२ जुम्ला
किसानको आयआर्जनमा वृद्धि गर्नको लागि जुम्लाको चन्दननाथ नगरपालिकाले किसानलाई भैँसि, राँगा र बाख्रा हस्तान्तरण गरेको छ । समूह र एग्रोफर्ममा आवद्ध किसानहरुलाई पशुहरु हस्तान्तरण गरेको हो । चन्दननाथ नगरपालिका वडा नम्बर ८ तलिउम भैँसि पालन समूहलाई १० वटा भैँसि र १ वटा रागो, वडा नम्बर ९ जातिभिड पशुपंक्षि पालन समूहलाई १० वटा भैँसि र १ वटा रागो तथा वडा नम्बर ८ को सफल एग्रोफर्मलाई ४० वटा बाख्रा र २ वटा बोका हस्तान्तरण गरिएको छ ।
चन्दननाथ नगरपालिका जुम्लाका मेयर कान्तिका सेजुवाल सम्बन्धित स्थानमै पुगेर समूह र एग्रो फर्ममा आवद्ध किसानहरुलाई पशुहरु हस्तान्तरण गर्नु भएको हो । चन्दननाथ नगरपालिका जुम्लाले गएको वैशाख २१ गतेका दिन बाख्रा साना व्यवसायि कृषि उत्पादन पकेट विकास कार्यक्रमका लागि सूचना आह्वान गरेको थियो ।
उक्त सूचना अनुसार नगरपालिमा प्रस्ताव पेश गरि छनौटमा परेका किसानहरुलाई कृषि उत्पादन पकेट विकास कार्यक्रम अन्तर्गत पशुहरु वितरण गरिएको मेयर सेजुवालले बताउनु भो । नगरपालिकाले जारी गरेको सूचनामा रिक्त पुरा गरि पेश गरेका प्रस्तावहरुलाई छनौट गरि किसानहरुको आयआर्जन सहयोग गर्ने लक्ष्यले पशुहरु वितरण गरेको उहाँको भनाइ छ ।
समूहमा आवद्ध किसानहरुको जीवन स्तरमा सुधार गर्ने नगरपालिकाका उद्देश्य रहेको मेयर सेजुवालले सुनाउनु भयो । लागत साझेदारीमा समूह तथा एग्रोफर्मको २५ प्रतिशत र नगरपालिकाको ७५ प्रतिशत अनुदानमा पशुहरु हस्तान्तरण गरिएको उहाँले जानकारी गराउनु भयो । समूहमा आवद्ध किसानहरुले भैँसि, राँगो र बाख्रा पाएको हुनाले जीविको पार्जनमा सहयोग पुग्ने चन्दननाथ नगरपालिका पशु सेवा शाखा प्रमुख विरवहादुर रावतले जानकारी गराउनु भयो ।
दुध बेचेर किसानको आयआर्जनमा सहयोग गर्ने उद्देश्यले नगरपालिकाले पशुहरु हस्तान्तरण गरेको उहाँको भनाइ छ । चन्दननाथ नगरपालिका वडा नम्बर ८ मा रहेको जातिभिड पशु पंक्षि पालन समूहलाइ लागत साझेदारी भैँसि प्रवद्र्धनात्मक कार्यक्रम मार्फत भैँसि र राँगो हस्तान्तण गरिएको रावतले जानकारी गराउनु भयो । किसनाहरुलाई स्वाभिमानी र आत्मनिर्भर गराउने हेतुले पशुहरु वितरण गरिएको मेयर सेजुवालले जानकारी गराउनु भयो ।
चन्दननाथ नगरपालिकाको पशु शाखाको भैँसि प्रर्वद्धनात्मक पकेट क्षेत्र कार्यक्रम अन्तर्गत नगरपालिकाको वडा नम्वर ८ र ९ मा रहेका समूह र एग्रोफर्मलाई पशुहरु हस्तान्तरण गरिएको मेयर सेजुवालले रेडियो कर्णाली जुम्लालाई जानकारी गराउनु भयो । यस्तै बाख्राको साना ब्यवसायिक केन्द्र (पकेट) विकास कार्यक्रम अन्तर्गत चन्दननाथ नगरपालिका वडा नम्वर ३ मा ४० वटा माउ बाख्रा र २ वटा बोका हस्तान्तरण गरिएको मेयर सेजुवालले बताउनु भयो ।