प्रतिष्ठानको रजिष्ट्रारमा जुम्लाका नृपेन्द्र महत नियुक्त – Karnali News

प्रतिष्ठानको रजिष्ट्रारमा जुम्लाका नृपेन्द्र महत नियुक्त

 १० असार २०७८, बिहीबार १८:५६  

नौरते नेपाली, असार १० जुम्ला
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको रजिष्ट्रारमा जुम्लाका नृपेन्द्र महत नियुक्त हुनु भएको छ । निवर्तमान रजिष्ट्रार विश्वराज काँफ्लेको यहि जेष्ठ महिनाको १९ गतेका दिन कार्यकाल सकिए पछि महत उक्त पदमा नियुक्त हुनु भएको हो । रजिष्ट्रार पदका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले डा. रविन खड्का, डा. रमेश भट्टराई र नृपेन्द्र महतलाई सिफारिस गरेको थियो ।

सिफारिस भएका मध्ये महतलाई नेपाल सरकारले रजिष्ट्रार पदमा नियुक्त गरेको हो । विगत लामो समय देखि समाजिक क्षेत्रमा आवद्ध महतले स्नातककोत्तरमा व्यवस्थापन शंकाय, राजनीतिक शास्त्र र बिएलएलबि गरि सक्नु भएको छ । जुम्लाको स्वास्थ्य क्षेहको अहिले अवस्थालाई परिमार्जन गर्दे जनताको घर दैलोमै स्वास्थ्य सेवा पुराउने लक्ष्य रहेको महतले जानकारी गराउनु भयो ।

गुणस्तरीय र सर्वशुलभ स्वास्थ्य सेवा प्रदान गर्ने विषयमा आफ्नो कार्यकालमा काम हुने उहाँले बताउनु भयो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई नेपालकै नमूना प्रतिष्ठान बनाउने आफ्नो सपना रहेको महतले सुनाउनु भयो । राज्यले दिएको जिम्मेवारीलाई कुसलतापूर्वक निर्वाह गर्ने उहाँको भनाइ छ । राज्यले स्थपना गरेको प्रतिष्ठानलाई व्यवस्थित र मर्यादित गर्दे स्वास्थ्य क्षेत्रको हबका रुपमा विकास गरिने महतले जानकारी गराउनु भयो ।