रेडियो कर्णालीलाई स्वास्थ्य सामाग्री प्राप्त – Karnali News

रेडियो कर्णालीलाई स्वास्थ्य सामाग्री प्राप्त

 ८ असार २०७८, मंगलवार ०८:१०  

नौरते नेपाली, असार ८ जुम्ला
लाइट नेपालका कार्यक्रम संयोजक तथा पातारासि गाउँपालिका वडा नम्बर ४ निवासी जयवहादुर विश्वकर्माले रेडियो कर्णालीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएको छ । कोरोनाको अग्रमोर्चामा रहेर काम गर्ने संचारकर्मीलाई सुरक्षित रहनको लागि उहाँले स्वास्थ्य सामाग्री दिनु भएको हो ।

रेडियो कर्णालीकै कार्यालयमा पुगेर उहाँले मास्क र सेनिटाइजर उपलब्ध गराउनु भएको छ । समाचार संकलनका लागि संचारकर्मीहरु विभिन्न स्थानमा जानु पर्नै हुँदा कोरोनाबाट सुरक्षित हुन भन्नको लागि उहाँले स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको हो । कोरोनाको बढी जोखिमा पत्रकाहरु हुने भएकाले आफुले उपलब्ध गराएको सानो सहयोगले सुरक्षित रहन सहयोग पुग्ने विश्वकर्माको भनाइ छ ।

स्वास्थ्य सामाग्री बुझाउन आउनु भएका उहाँलाई रेडियो कर्णालीका तर्फबाट धन्यवाद दिईएको छ । संचारकर्मीको सुरक्षाका लागि कार्यालयमा आएर स्वास्थ्य सामाग्री दिनु भएकोमा उहाँलाई रेडियोले धन्यवाद ज्ञापन गरेको हो ।

आगामी दिनमा लाइट नेपालसँग समन्वय र सहकार्य गर्दे समाजमा सकरात्मक सन्देश प्रवाह गर्न तयार रहेको रेडियोले जनाएको छ । युवाहरु प्रवल श्रेष्ठ र चन्द्रवहादुर महताराको उपस्थितमा रेडियोलाई स्वास्थ्य सामाग्री दिईएको हो ।