
महेन्द्रजङ्ग पाखे
स्थानः चन्दननाथ नगरपालिका-६,
जुम्ला मिति:- २०७८/०२/२६ गते
श्री आदरणीय जो झण्डै ५.५ मिलियन विश्वको मुलूकमा छरिएर प्रवासी जीवन व्यतीतका साथै जिन्दगी जिउनको लागि विभिन्न सपनाका निम्ति तातो गर्मी र कठ्याङ्गरिदो जाडोमा रगत र पसिना एक गरेर जीवन बिताइरहेका हाम्रो नेपाली दाजु, भाइ, दिदी बहिनीहरुमा एक युवाको सलाम !
खासै पत्र लेखनको त कारण थिएन। कुनै कारण नभतापनि, तपाईंहरुले जिन्दगी सफलताको नाममा, देशमा कुनै विकल्प नदेखेर ठुलो सपनाको साथ विदेशीयदेखि हाम्रो देशभित्र विभिन्न घटना परिघटना घटे तपाइहरुको ब्यस्तताले समाचार सुन्नु भयो, भएन भनेर बोली बिस्तारको निम्ति यो पत्र लेख्दैछु।
यतातिर सर्बसाधारण नागरिक बाच्नको नाममा मात्र बाचेका छौ तर केही नागरिक भने विश्वव्यापी महामारी कोभिड-19 कोरोनाको कारणले ८,९८,८१३ जना संक्रमीत भएका छन, ५,१०,२९८ जना ईश्वरको कृपाले सन्चो भएर घर फर्केका छन भने ८,१७९ जना यो जन्म भुमिमा रहनु भएन उहाहरुप्रति हार्दिक श्रद्धाञ्जली र नेपालको स्वास्थ सेवामा समर्पित रास्ट्र सेवकहरुप्रति गहिरो सम्मान र सु- स्वास्थको कामना।
देशभरिका अस्पतालहरु बिरामीहरु खचाखच हुनुहुन्छ रे। अरु के कुरा गरु? हामी बाच्नुको नाममा मात्र बाचेका छौ। त्यही रोग, त्यही भोग, पिडा , अन्याय अत्याचार,हत्या र बलात्कार, कुन्ठामै छौ अनि अर्को कुरा बालिनाली सबै खडेरीले सखाप पारिदियो।
अरु स्थानीय तहले बिकास गरेकै छन। हरेक गाउँमा ट्याक ओपनको काम भएको छ। अरु त राम्रै छ तर विकास गर्दा इन्भाइरोन्मेन्ट कम्पलाइन्स, सु- शासनप्रती भने ढंग पुर्याएको जस्तो लागेको छैन। त्यसै कारणले बाढी, पहिरो वातावरण परिवर्तनका असर लगायतका विभिन्न प्रकोपहरु निम्तिन्छन भन्छन तल घरका वातावरण शु-शासन विज्ञ दाइ।
देशको कुरा के हुन्थ्यो र? तपाईं हामीले जानेकै, देखेकै कुरा त हुन, त्यहि भ्रष्टाचार, अनियमितता, प्राकृति वन पैदावर, वन्यजन्तु चोरी पैठारी, हत्या लुट्पाट, बलात्कारको क्रम रोकिएको छैन चलिनै रहेको छ।
निर्मलाको हत्या, ३३ किलो सुनकाण्ड, वाइड बडी घोटाला, एन सिएल, फोर्जी जस्ता रास्ट्रीय स्तर घोटालाका कान्डहरु गुपचुपमै छन। देशको नेतृत्व वर्गले आफै कानुन निर्माण गर्छन। आफै आफन्त बचाउन कार्यालयमा पाले राखेका छन। तिनी पालेहरुले नेताको आफन्तलाई बचाउन अनेक थरी कानुनको ब्याख्या गरेर बचाउदै ल्याएका छन। रास्ट्रको समृद्धि होइन केही एकाद जनाको समृद्धितिर देश अग्रसर छ। यस्तै कारणले गर्दा कानुनको निर्माण त गरे बिधीको शासन लागू हुन दिएका छैनन। देशमा भ्रष्टाचार, अनियमितता र कानुनको खिल्ली उडाइदा यहि परिवर्तनको निम्ति आफ्नो जीवन बलिदान दिने शहिदको आत्म दिनानुदिन भड्किरहेको छ।
शङ्घ र प्रदेश माननीय र मन्त्री ज्यूहरु लगायत स्थानीय तहको जनप्रतिनिधिज्युहरु सन्चै हुनुहुन्छ तर केहिलाइ कोरोना संक्रमणले भेट्यो रे। नेकपा भित्र किचलो बाकी नै छ । खुशीको खबर अस्ति मात्रै हाम्रा गाउको जनप्रतिनिधि ज्यूहरुको र कर्मचारीको तलब सुबिधा बढ्यो रे।
हाम्रो बाबाको पालाको छिमेकी रास्ट्र भारत भन्ने देशको बिस्तारबादी नितीले सुस्ता, कालापानी, लिपुलेख र लिम्पियाधुरा कब्जा गर्दा नेपाल आमा भने दुखी होइबक्सिन्छ। तपाईंहरु जिउदो सहिद हो देशको, जिन्दगी लिलाममा राख्नु भयो, आफ्नो श्रीमती छोरा छोरी, र देशको लागि नत परिवारले सम्झे नाठो सङ्ग लागेर पसिनाको मुल्य दामासाही गरे यता देशका रक्त पिपासुहरुले लुटे।
कति जनाको न घरबार, परिवार नत देशको उन्नति । त्यसैले तपाईंहरु मेरो देशको जिउदो सहिद र देश विकासको आधारभुत खम्बा हो कोही अबुझले नबुझेर हजुरहरुको मान मर्दन ब्यैजेत गर्छ भने त्यो गलत हो किनकी तपाइहरुको कारणले हाम्रो देशको अर्थतन्त्र चलेको छ। तपाइहरु जो ५ लाख मलेसिया, ४ लाख कतार, ३,३३, ४५१ साउदी अरब, २,२४,९०५ युनाइटेड अरब इमिरेट्स र ७० हजार कुवेत लगायत ३ देखि ४ मिलियन बाबाको पालाको मित्र राष्ट्र भारतमा ४० डिग्रीको तापक्रममा रगत र पसिना एक गरेको मुल्य बाफत २००८ देखि २०१७ सम्म ३.५ बिलोयन, आ.व. २०१८/२०१९ मा ७८४ बिलियन रेमिटेन्सकै भित्रेकै कारण GDP, प्रतिब्यक्ती आय, पुजी निर्माण, शिक्षा, स्वास्थ लगायत विभिन्न बिकास र भरौटे सम्मको पालन पोषण भएको छ रे। के गर्नु पृयहरु! तपाइको पशिनाले गरेको आर्जन र मैले तिरेको करको सदुपयोग भन्दा दुरुपयोग बढी भएको छ।
यतातिर हाम्रो यस्तै चलेकै छ भनौ। पृय साथीहरू! अहिलेको विश्व महामारी कोभिड-19 कोरोनाको महामारीबाट आफ्नो जिवनको सुरक्षा गर्नुहोला। नेपाल आमाको आशीर्वाद एबम साथ यहाहरुमा रहोस भन्दै मेरो कलमलाई पुर्ण विरामको अनुमती चाहन्छु।
उहीँ पृय साथी
महेन्द्रजङ्ग पाखे
स्थानः चन्दननाथ नगरपालिका-६, जुम्ला