
नौरते नेपाली, जेष्ठ २६ जुम्ला
कनकासुन्दरी र सिंजा गाउँपालिकाका सातवटा विद्यालयमा बालमैत्री फिक्स हेण्डवासिङ निर्माण गरिएको छ । कनकासुन्दरीको भलपात आधारभूत, धोपिघाट आधारभूत, कनकासुन्दरी मावि लुड्कु र कालिका आधारभूत विद्यालय तथा सिंजा गाउँपालिकाको मालिका मावि धापा, चुलेलगाउँ आधारभूत र शारादा आधारभूत विद्यालयमा बालमैत्री फिक्स हेण्डवासिङ निर्माण गरिएको अध्यक्ष न्यौपानेको भनाइ छ ।
सरसफाई स्वच्छताको प्रवद्र्धन गर्दे विद्यार्थीको स्वास्थ्य अवस्थामा सुधार ल्याउने उद्देश्यले उक्त संचरना निर्माण गरिएको हो । कोरोनाबाट विद्यार्थीलाई बचाउनको लागि ७ वटा विद्यालयमा बालमैत्री फिक्स हेण्डवासिङ निर्माण गरिएको पेश नेपाल जुम्लाले जनाएको छ । बन्द रहेका विद्यालय खुलेपछि प्रयोग गर्न मिल्ने गरि बालमैत्री फिक्स हेण्डवासिङ निर्माण गरिएको पेश नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्लान इन्टरनेश्नल नेपाल सहयोग र पेश नेपाल जुम्लाद्धारा संचालित आपतकालिन पुर्नलाभ कोभिड–१९ परियोजनाबाट बालमैत्री फिक्स हेण्डवासिङ निर्माण गरिएको जानकारी गराउनु भयो । एकै पटक झण्डै आधारभूत तहका ९ र माध्यमिक तहका १२ जना विद्यार्थीले हातधुन मिल्ने संरचना निर्माण भएको न्यौपानेको भनाइ छ ।
उहाँका अनुसार सबै विद्यार्थीको पहुँचमा सेनिटाईजर नहुने भएकाले साबुनको प्रयोग गरि हातधुन मिल्ने संचरना निर्माण भएको बताउनु भयो । ३ हजार लिटर पानी अट्ने ट्रयाङ्कि निर्माण गरिएको पेश नेपाल जुम्लाका हेमराज भट्टले जानकारी गराउनु भयो । उहाँका अनुसार विद्यालय बन्द रहेका बेला निर्माण गरिएको संचरना विद्यालय खुलेपछि संचालनमा आउने बताउनु भयो ।
अहिले विद्यालय बन्द रहेका छन उहाँले भन्नुभयो विद्यालय खुलेपछि प्रयोग हुने जानकारी गराउनु भयो । नियमित साबुन पानीले हातधुनाले कोरोनाबाट बच्न सकिने भएकाले बालमैत्री फिक्स हेण्डवासिङ निर्माण गरिएको भट्टको भनाइ छ । हातधुने ठाउँमा साबुन राखिने भएकाले शौचालयको प्रयोग गरि सकेपछि र कक्षा कोठामा छिर्नु पहिले विद्यार्थीले साबुनपानीले हातधुने बानीको विकास हुने उहाँले जानकारी गराउनु भयो ।
हातधुने बानीको विकास भएमा विभिन्न किसिमको रोगहरु लाग्नबाट बच्न सकिने पेश नेपालको लक्ष्य रहेको छ । विद्यालय बन्द रहेका बेला सबै विद्यालयमा बालमैत्री फिक्स हेण्डवासिङ निर्माण भइ सकेको उहाँले जानकारी गराउनु भयो ।