किर्डाक नेपाल जुम्लाद्धारा अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री हस्तान्तरण – Karnali News

किर्डाक नेपाल जुम्लाद्धारा अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री हस्तान्तरण

 २० जेष्ठ २०७८, बिहीबार १२:२८  

नौरते नेपाली, जेष्ठ २० जुम्ला
किर्डाक नेपाल जुम्लाले जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई ७० थान अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको छ । जुम्लामा कोरोना दोस्रो भेरियन्टको जोखिम बढ्दै गएको बेला अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री हस्तान्त्रण गरेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचाररत कोरोना संक्रमितले अक्सिजन अभावमा ज्यान गुमाउन नपरोस भनेर वल्र्डभजिन इन्टरनेश्नल नेपालको सहयोग र किर्डाक नेपाल जुम्लाको साझेदारीमा अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक रेशमवहादुर शाहीले जानकारी गराउनु भयो ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री हस्तान्त्रण गरिएको उहाँको भनाइ छ । प्रमुख जिल्ला अधिकारी थापा मार्फत जिल्ला कोभिड संकट व्यवस्थापन समितिलाई ७० अक्सिजन सिलिण्डर सहित करिब २२ लाख ६४ हजार बढीको स्वास्थ्य सामग्री वितरण गरिएको शाहीको भनाइ छ ।

४६ लिटरको ७० वटा अक्सिजन सिलिण्डर, ७० वटा पल्स अक्सिमिटर, ७० वटा थर्मल टेम्पेचर गन, ७० सेट पिपिई, ६ प्याकेट सर्जिकल मास्क, ३९ वटा एन नाइन्टि फाइभ मास्क, ६ वटा हेन्डवास सप र ५ लिटरको २ वटा स्यानिटाइजर जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई हस्तान्तर गरिएको उहाँको भनाइ छ ।

सामाजिक क्षेज्ञमा काम गर्दे आएको किर्डाक नेपाल जुम्लाले विपद्को घडिमा नागरिकको जीवन बचाउने अभियानमा काम गर्न लागेको शाहीले बताउनु भयो । स्वास्थ्य सामाग्रीको अभाव र स्वास्थ्यकर्मीकाले प्रयोग गर्ने पिपिई सेटको समस्याले उपचारमा समस्या नहोस भन्ने उद्देश्य रहेको उहाँले सुनाउनु भयो ।

कोरोनाको दोस्रो भेरिन्टबाट जुम्लामा पनि बढी ग्रसित र गाउँसम्म संक्रमण फैलिएको हुनाले सबैलाई सुरक्षित गराउनको लागि स्वास्थ्य सामाग्रीले सहयोग पुग्ने जिल्ला संयोजक शाहीले बताउनु भयो । वल्र्ड भिजन इन्टरनेशनल नेपाल जुम्लाका प्रतिनिधि शुक्रराज गुरुङले नागरिकलाई बचाउने दायित्व राज्यको मात्रै होइन ? गैर सरकारी क्षेत्रको भूमिका अझ महत्वपूर्ण रहेको बताउनु भयो ।

अक्सिजनको अभावले विरामीको ज्यान जाने अवस्था आउनु भन्दा पहिले जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई स्वास्थ्य सामाग्री र अक्सिजन हस्तान्तरण गरिएको उहाँको भनाइ छ । सिलिण्डर सहितका स्वास्थ्य सामाग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले गैरसरकारी निकायको सहयोगले कोरोना रोकथाम तथा नियन्त्रणमा सहयोग पुग्ने बताउनु भयो ।

संकटका घडीमा गैर सरकारी संस्थाले गरेको सहयोगबाट कोरोनाका विरामीको उपचारमा थप सहयोग पुगेको उहाँको भनाइ छ । जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिलाई प्राप्त सबै स्वास्थ्य सामाग्री कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्थानीय तहलाई हस्तान्तरण गरिने थापाले बताउनु भयो ।

एकद्वार प्रणालीबाटै सहयोगी दाताले आवश्यक राहत तथा स्वास्थ्य सामाग्री उपलब्ध गराउने निर्णय भए अनुसार वल्र्ड भिजन इन्टरनेशनल नेपाल, किर्डाक र रेडक्रसले एकद्वार प्रणालीको शुरुवात गरेकोमा थापाले धन्यवाद समेत दिनु भएको छ । जिल्लामा क्रियाशील गैरसरकारी संस्थाहरूलाई पनि पछिल्लो समयमा कोरोना रोकथाम र नियन्त्रणमा ठोस काम गर्न अनुरोध गरेपछि सहयोग दिने क्रम शुरु भएको थापाले बताउनु भयो ।

किर्डाक नेपाल जुम्लासँगको साझेदारीमा काम गर्दे आएको प्लान नेपालसँग पनि अक्सिजन सिलिण्डर र स्वास्थ्य सामाग्री उपलब्ध गराउन अनुरोध गरिएको उहाँले बताउनु भयो । अघिल्लो जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकमा जिल्लामा अक्सिजन आवश्यक पर्ने भएकाले गैससलाई समेत लगानी गर्न अनुरोध गरिएको छ ।