
नौरते नेपाली, जेष्ठ ५ जुम्ला
जुम्लाको पातारासी गाउँपालिकाले ४० बेडको संस्थागत आइसोलेशन सञ्चालनमा ल्याएको छ । बुधबारदेखि पातारासीले ४० बेडको आइसोलेशनका साथै ५ बेडको कोभिड अस्पताल संचालनमा ल्याएको पालिका अध्यक्ष लक्षिमान बोहोराले बताउनु भयो । होम आइसोलेसनका कारण गाउँमा संक्रमण बढ्ने डरले आइसोलेसन तयार गरेको बोहोराले बताउनु भयो ।
लक्षण भएका तर अक्सिजन दिनु नपर्ने र घरमा असुरक्षित महसुस गरेका सबै सङ्क्रमितलाई होम आइसोलेशनबाट संस्थागत आइसोलेशनमा ल्याइने उहाँको भनाइ छ । लक्षण भएका तर अक्सिजन दिनु नपर्ने घरमा असुरक्षित महसुस गरेका सबै सङ्क्रमितलाई आइसोलेसनमा राखिने बोहराको भनाइ छ ।
विशेषज्ञ डाक्टर, औषधी उपचार सहितको आइसोलेसन र कोभिड अस्पताल सञ्चालनमा ल्याएको पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले बताउन ुभयो । कोरोना रोकथाम तथा नागरिकलाई जोगाउनको लागि आइसोलेसन संचालनमा ल्याएको उहाँको भनाइ छ । कोरोनाका विरामी बोक्नको लागि निःशुल्क एम्बुलेन्स सेवा तयारी अवस्थामा राखेको बुढथापाले बताउनु भयो ।
जटिल खालका समस्या समाधान गर्नका लागि पालिकास्तरमा द्रुत प्रतिकार्य टिम समेत गठन गरिएको उहाँले जानकारी गराउनु भयो । अध्यक्षको नेतृत्वमा प्रत्येक वडामा पुगेर कोरोना विरुद्धको सचेतना अभियान सञ्चालन गरिएको प्रमुख प्रशासकिय बुढ्थापाले बताउनु भयो । सुत्केरीलाई निःशुल्क बोक्ने र सङ्क्रमितलाई निःशुल्क बोक्ने गरी २ वटा छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था गरेको उहाँले बताउनु भयो ।
मङ्गलबार सम्मको विवरण अनुसार जुम्लामा कुल सङ्क्रमितको सङ्ख्या २ सय ७९ पुगेको छ । जसमा १ सय ५७ जना संक्रमित घरमा बसेका छन् । प्रतिष्ठानको आइसोलेसनमा २५ जना मात्रै छन् । भने, ७८ जना निको भएर घर फर्किएका छन् । जुम्लाका कुल संक्रमित मध्य ९३ जना चन्दननाथ नगरपालिकामै छन् । जस मध्ये ९५ प्रतिशत संक्रमित घरमै बसेका छन् ।