प्रतिष्ठानका नाममा अदालतको परमादेश – Karnali News

प्रतिष्ठानका नाममा अदालतको परमादेश

 २ जेष्ठ २०७८, आईतवार ०८:१२  

नौरते नेपाली, जेष्ठ २ जुम्ला
उच्च अदालत सुर्खेत जुम्ला इजालसले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका नाममा प्रमादेशको आदेश जारी गरेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाद्धारा संचालित अस्पताल फार्मेसीबाट वितरण हुुने औषधी उपभोक्ताहरुलाई बिमाको सिमा भित्र रहि सर्व सुलभ रुपमा उपलब्ध गराउन परामादेश जारी गरेको हो । उच्च अदालत सुर्खेत जुम्ला इजलासका न्याधिस गुणराज ढुङ्गेलको एकल इजलासले उक्त प्रमादेशको आदेश जारी गरेको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड कर्णाली प्रदेश खोलीकोट जुम्लालाई अदालतले विपक्षी बनाइ प्रमादेश जारी गरेको छ । अधिवक्ता अनिता तिल्मिसीनाले गएको मंसीर महिनाको १२ गते विमित उपभोक्ताले सर्वसुलभ औषधी नपाएको भन्दै उच्च अदालत सुर्खेत जुम्ला इजालसमा मुद्दा दायर गराउनु भएको थियो ।

अधिवक्ता तिल्मिसीनाले दायर गर्नुभएको मुद्दामाथि यहि वैशाख १६ गते सुनुवाइ भएको हो । प्रतिष्ठानमा उपचार गराउन गएका विमितहरुले अस्पताल फार्मेसिबाट औषधि नपाएर निजि मेडिकलबाट औषधि लिने गरेको जुन गुनासोका आधारमा अधिवक्ता तिमिल्सीनाले मुद्दा दायर गर्नु भएको थियो । अब विमितहरुले प्रतिष्ठानमा उपचार गराउन जाँदा सबै किसिमका औषधिहरु सर्वसुलभ रुपमा उपलब्ध गराउन अदालतले जारी गरेको आदेशमा उल्लेख गरिएको छ ।

विमा गरेका नागरिकले निजि मेडिकलबाट अब औषधि किन्नु पर्ने छैन । अदालतले उक्त आदेश कार्यान्वयन गर्न गराउन विमा बोर्ड र प्रतिष्ठानलाइ प्रमादेश जारी गरि सकेको छ । प्रतिष्ठानमा उपचार गराउन गएका नागरिकहरुले विमा कार्डबाट औषधि नपाएमा अदालतको मान हानी हुने भएको छ । पाँच सय ७० प्रकारका भन्दा बढि औषधिहरु अब विमित नागरिकहरुले प्रतिष्ठानको अस्पताल फार्मेसीबाट निशुल्क पाउने छन ।

अधिवक्ता तिमिल्सिनाले नागरिकका पक्षमा गरेको काम उदारणिय र स्वागतयोग्य भएको भन्दै विमितहरुले खुसि व्यक्त गरेका छन । विमित नागरिकहरुले यो भन्दा पहिले अस्पताल फार्मेसिबाट औषधि नपाइ निजि मेडिकलबाट औषधि किनेर लिने गरेका थिए ।