
कालीवहादुर परियार, वैशाख ३१ जुम्ला
गुठीचौर गाउँपालिका वडा नम्बर ३ गज्र्याङ्गकोट गाउँमा घरघरमा इन्टरनेट सेवा विस्तार गर्न लागिएको छ । गज्र्याङ्गकोट गाउँमा रहेका झण्डै ४ सय घरघरमा इन्टरनेट सेवा विस्ता गर्न लागिएको वडाध्यक्ष प्रेमवहादुर बढाले जानकारी गराउनु भयो । उहाँका अनुसार सूचना र संचारको पहुँचमा नागरिकलाई जोड्न प्रत्येक घरमा इन्टरनेट सेवा विस्ता गर्न लागिएको जानकारी गराउनु भयो ।
चालु आर्थिक वर्षको असार महिना भित्र प्रत्येकको घरमा इन्टरनेट सेवा पुराउने लक्ष्य रहेको वडाध्यक्ष बुढाको भनाइ छ । देश तथा विदेशका खबर अब नागरिकले घरमै बसेर थाहा पाउने उहाँले बताउनु भयो । अध्यक्ष बुढाका अनुसार हरपलमा स्वदेश तथा विदेशको राजनीतिक, आर्थिक, सामाजिक र विकासका कुरालाई नागरिकले घरमै बसेर अध्ययन गर्न पाउने जानकारी गराउनु भयो ।
गाउँपालिकाको आर्थिक सहयोग र वडाको समन्वयमा गाउमा इन्टरनेट सेवा विस्तार गर्न लागिएको हो । गाउँमा इन्टरनेट सेवा विस्तारको लागि आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट तत्कालको लागि ५ लाख रुपैया गाउँ कार्यपालिकाको बैठकबाट विनियोजन भइ सकेको वडाध्यक्ष बुढाले बताउनु भयो । यहि वैशाख महिनाको ११ गते बसेको गाउँ कार्यपालिकाको बैठकबाट रकम विनियोजन भएकाले कार्यान्वयन गर्ने प्रक्रियामा रहेको छ ।
अध्यक्ष बुढाले २०७४ मा स्थानीय तहको निर्वाचनको ताका वडाध्यक्ष जितेमा गाउँमा इन्टरनेट सेवा पुराउने घोषणा गर्नु भएको थियो । निर्वाचनको बेला जनताका बिचमा गरेको बाचा पुरा गर्न लागि परेको उहाँले जानकारी गराउनु भयो । जनप्रतिनिधिको कार्यकाल सकिन अब एक वर्ष मात्रै बाँकि रहेकाले घोषणा पत्रमा उल्लेख गरिएको कुरा पुरा गर्न लागेको बुढाको भनाइ छ ।
प्राविधिक सल्लाह अनुसार पहिलो चरणमा पायक पर्ने स्थानबाट इन्टरनेट सेवा सुरु गर्ने र त्यसपछि प्रत्येक घरमा इन्टरनेट सेवा पुग्ने उहाँले बताउनु भयो । २१ औँ शताब्दिका नागरिकहरुलाई इन्टरनेट सेवा अति आवस्यक पर्ने भएकाले वडा सरकारले गाउँमा इन्टरनेट सेवा विस्तार गर्न लागिएको हो