गुठीचौर एग्रो फर्मबाट दुई सय भन्दा बढी स्थानीयले काम पाए – Karnali News

गुठीचौर एग्रो फर्मबाट दुई सय भन्दा बढी स्थानीयले काम पाए

 ३१ बैशाख २०७८, शुक्रबार ०७:००  

नौरते नेपाली, वैशाख ३१ जुम्ला

गुठीचौर एग्रो फर्मबाट झण्डै २ सय भन्दा बढी स्थानीयले काम पाएका छन् । फुजी स्याउको बगैँचा निर्माण भएपछि २ सय जना स्थानीयले प्रत्यक्ष काम पाएका हुन् । रोजगारीका लागि भारत लगायतका अन्य मुलुकमा जानु पर्ने अवस्थाको अन्त्य फर्मले गरेको छ । फर्ममा ३२ जना कर्मचारी र २ सय जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएको संचालक मीमवहादुर भण्डारीले जानकारी गराउनु भयो ।

उहाँका अनुसार कर्णालीकै सबैभन्दा ठुलो फुजी स्याउ फर्म स्थापना भएकाले रोजगारीका लागि नागरिकलाई सहज भएको जानकारी गराउनु भयो । दैनिक ज्याला मदजुरीका लागि भौतारीनेहरुका लागि गाउँमा रोजगारी प्राप्त भएको उहाँको भनाइ छ । आगामी दिनमा फर्मले अझै कामदारको संख्या थप्ने योजना बनाएको संचालक भण्डारीले बताउनु भयो ।

कामको लागि भारत र अन्य मुलुकमा जानु पर्ने अवस्थाको अन्त्य गर्दे स्थानीय स्तरमा रोजगारी सृजना गर्ने काम फर्मले गरेको व्यवस्थापक केसी भण्डारीले बताउन भयो । कर्णालीकै कृषि क्षेत्रको गौरवको आयोजनामा २ भन्दा बढी किसानले काम पाउनु भनेको चानचुन्ने विषय नभएको भन्दै उहाँले विरुवा रोप्ने, पर्खाल निर्माण, सिंचाइ र अन्य काम गर्ने अवस्था फर्म सृजना गरेको जानकारी गराउनु भयो ।

कर्णालीको ठुलो र गौरवको आयोजनालाई सफल गर्नका लागि कामदारले गरेको योगदानलाई फर्मले बिर्सन नसक्ने बताउनु भयो । व्यवस्थापक भण्डारीका अनुसार व्यक्तिगत लगानीमा निर्माण भएको कर्णालीकै पहिलो र ठुलो फर्ममा स्याउ फलेमा अन्तराष्ट्रिय बजारबाट नेपालमा आउने स्याउलाई विस्थापित गर्ने लक्ष्य रहेको सुनाउनु भयो । ३० हजार विरुवाले एकमुष्ट फल दिन थालेमा नेपालको आदा बजारलाई पुग्ने स्याउ फर्मबाट उत्पादन हुने भण्डारीको भनाइ छ ।

फुजी स्याउको स्टोरेज क्षमता झण्डै ६ महिना बढी हुन्छ । स्टोरमा राख्दा पनि फुजी स्याउका आकार, रंग र गुलियोपना उस्तै हुने भएकाले बेमौसममा पनि स्याउ विक्रि गर्न सकिने उहाँले बताउनु भयो । ए ग्रेडको स्याउ अन्तराष्ट्रिय बजारमा जाने र बि ग्रेडको स्याउ नेपालका प्रमुख शहरमा विक्रि गर्ने योजना गुठीचौर एग्रो फर्मले लिएको छ ।

नेपालमा भारत र चीनबाट आउने स्याउ स्याउलाई प्रतिस्थापन गर्ने योजना फर्मले लिएको छ । कुम्डी गाउँका मीमवहादुर भण्डारी कृषि क्रान्तिको अभियानमा लाग्नु भएको छ । ८७ जना किसानहको जग्गा ३ वर्षको लागि लिजमा लिएर भण्डारीले कुम्डीको गौरव, देशको सान र कर्णालीकै ठुलो स्याउ फर्म ८ करोड भन्दा बढीको लगानीमा निर्माण गर्नु भएको छ ।

यति ठुलो फर्म निर्माण गर्दा राज्यबाट पाउने सहानुभूति, सहयोग र हौसला आफ्ना लागि ठुलो हुने संचालक भण्डारीको भनाइ छ । स्याउ सुपरजोन जुम्लाले सिंचाईमा २२ लाख र ५ हजार फुजी स्याउ विरुवा खरीमा सहयोग गरेकोमा उहाँले धन्यवाद दिनु भएको छ । राज्यलाई चुनौति दिने आयोजना निर्माण गर्दा पनि अस्थानीय सरकारले गरेको व्यवहार प्रति भण्डारी दुखी हुनुहुन्छ ।

अहिले सम्म स्थानीय सरकारले गुठीचौर एग्रो फर्मको अनुगमन गरेको छैन् । व्यक्तिले राज्यलाई चुनौति दिने योजनामा सरकारको सहयोग, सदुभाव र सहानभूति दिनु पर्नै ठाउँमा स्थानीय सरकारले गरेको व्यवहारबाट गुठीचौर एग्रो फर्म दुखी बनेको छ ।