
कालीवहादुर परियार, वैशाख ३१ जुम्ला
जुम्लामा हालसम्म २ सय ११ जना कोरोनाबाट संक्रमित भएका छन् । दोस्रो लहरको संक्रमण फैलिए संगै बैशाख ९ गतेदेखि हाल सम्मको तथ्यांक अनुसार २ सय ११ जनामा संक्रमण पृष्टी भएको हो । संक्रमित मध्ये हाल हाल सम्म २६ जना विरामीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा उपचार भईरहेको निमित्त अस्पताल निर्देशक राजिव शाहले बताउनु भयो । १ सय ५६ जना संक्रमित होमआइसोलेसनमा बसेका छन् ।
हाल सम्म चन्दननाथमा नगरपालिकामा ५२ जना संक्रमित भएका छन् । भने, पातारासीमा ३१ जना, गुठिचौरमा २३ जना, तातोपानीमा ४ जना, तिलामा १० जना, हिमा २ जना सिंजामा ७ र कनकासुन्दरीमा ३२ जना र अन्य ४९ जना गरी जम्मा २ सय ११ जना संक्रमित भएका छन् । यसैगरि, जुम्लाको गुठिचौर गाउँपालिकामा कोरोनाको दोस्रो लहरबाट २३ जना संक्रमित भेटिएका छन् ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको सहयोग र गुठिचौर स्वास्थ्य चौकिको समन्वयमा ३ सय ३ जनाको एन्टिजेन्ट परिक्षण गर्दा २३ जनामा कोरोना संक्रमण देखिएको हो । वडा नम्बर ३, ४ र ५ मा बढी संक्रमित भेटिएको गुठिचौर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बालकराम नेपालीले जानकारी दिनु भयो । उहाँका अनुसार संक्रमित मध्ये १ जना कोरोना जितेर घर गई सकेको बताउनु भयो ।
लक्षण देखिएका २० जनालाइ होमआइसोलेसनमा बस्न सुझाब दिइएको उहाँँले बताउनु भयो । २ जनालाई गुठिचौर गाउँपालीकाले निर्माण गरेको अस्थाइ कोभिड अस्पतालमा राखिएको नेपालीले जानकारी गराउनु भयो । संक्रमितका लागि अक्सिजन आवश्यक परेमा स्वास्थ्य चौकिसँग समन्वय गरेर कर्णाली स्वास्थ्या बिज्ञान प्रतिष्ठानमा पठाइने छ ।
नेपालका विभिन्न शहर तथा भारतका बिभिन्न ठाउँहरुबाट गाउँ पसेकाहरुबाट कोरोना संक्रमण फैलिएको नेपालीले बताउनु भयो । कोरोनाको संक्रमण गाउँमा फैलिएको हुनाले रोकथाम गर्न कठिनाइ भइ सकेको उहाँले जानकारी गराउनु भयो । नागरिक सचेत नभए सम्म अवस्था डर लाग्दो भइ सकेको इन्चार्ज नेपालीले बताउनु भयो ।
गाउँपालिकामा हाल सम्म सक्रिय सङ्क्रमितको सङ्ख्या २२ रहेको उहाँले जानकारी दिनु भएको छ । गाउँपालिकामा कार्यरत २ जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि गाउँपालिकालाई जेष्ठ २ गतेसम्म शिल गरिएको गाउँपालिका अध्यक्ष हरि बहादुर भण्डारीलले जानकारी दिनु भयो । उहाँका अनुसार अरु कर्मचारीमा कोरोना सङ्क्रमण नफैलियोस भन्ने उद्देश्यले जेष्ठ २ गते सम्मका लागि गाउँपालिकालाई शिल गरिएको उहाँले बताउनु भयो ।