
नौरते नेपाली, वैशाख २८ जुम्ला
जुम्लाको कनकासुन्दरी गाउँपालिकामा कोरोनाको दोस्रो लहरबाट एकै दिन २९ जना संक्रमित भेटिएका छन् । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको सहयोग र हाटसिंजा स्वास्थ्य चौकिको समन्वयमा १ सय ९५ जनाको एन्टिजेन्ट परिक्षण गर्दा २९ जनामा कोरोना संक्रमण देखिएको हो । वडा नम्बर ४, ५ र ७ मा बढी संक्रमित भेटिएको हाटसिंजा स्वास्थ्य चौकिका इन्चार्ज विरेन्द्र प्रसाद उपाध्यायले बताउनु भयो ।
१५ जना महिला र १४ जना पुरुष कोरोनाको दोस्रो लहरबाट संक्रमित भएको उहाँको भनाइ छ । इन्चार्ज उपाध्यायका अनुसार संक्रमित मध्ये ३ जनालाई लक्षण सहित ज्वरो देखिएको जानकारी गराउनु भयो । लक्षण देखिएका तिन जना सहित अन्य १२ जनालाई हाटसिंजा स्वास्थ्य चौकिको प्राङ्गणमा निर्माण गरिएको आइसोलेसनमा राखिएको छ भने १४ जना होम आइसोलेसनमा रहेका छन् ।
संक्रमितका लागि अक्सिन आवश्यक परेमा स्वास्थ्य चौकिमा एउटा मात्रै सिलिण्डर रहेको उहाँको भनाइ छ । नेपालका विभिन्न शहरबाट गाउँ पसेकाहरुबाट कोरोना संक्रमण फैलिएको उपाध्यायले बताउनु भयो । कोरोनाको संक्रमण गाउँमा फैलिएको हुनाले रोकथाम गर्न सकस भइ सकेको उहाँले जानकारी गराउनु भयो । नागरिक सचेत नभएसम्म अवस्था डरलाग्दो भइ सकेको इन्चार्ज उपाध्यायले बताउनु भयो ।
यसैबिच, जिल्ला प्रशासन कार्यालय जुम्लाको सोमबारसम्म रिपोर्ट अनुसार १ सय ३० जना संक्रमित रहेका छन् । संक्रमित भएका मध्ये हालसम्म १९ जना संक्रमण मुक्त भइ सकेका छन् । हालसम्मको रिपोर्ट अनुसार जुम्लामा १ सय ५९ जना कोरोनाको दोस्रो लहरबाट संक्रमित भएका छन् । गाउँसम्म कोरोनाका लहर फैलि सक्दा पनि स्थानीय सरकारको तयारी शुन्य देखिएको छ । हालसम्म विरामी भएकाहरुको मात्रै एन्टिजेन्ट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो ।