देशकै ठुलो र नूमना फुजी स्याउ बगैँचा कुम्डीमा निर्माण – Karnali News

देशकै ठुलो र नूमना फुजी स्याउ बगैँचा कुम्डीमा निर्माण

 २५ बैशाख २०७८, शनिबार ०७:३७  

नौरते नेपाली, वैशाख २५ जुम्ला

जुम्ला गुठीचौर ५ कुम्डी गाउँको काडाखोला, जलजला र थपडा भन्ने स्थानमा ३ हजार फुजी स्याउका विरुवा रोप्ने कार्य सुरु भएको छ । गुठीचौर एग्रो र्फमका संचालक मीमवहादुर भण्डारीको व्यक्तिगत लगानीमा १ सय ५० हेक्टर जमीनमा स्याउका विरुवा रोप्ने कार्य सुरु भएको हो । दैशकै ठुलो र नूमना फुजी जातको स्याउ बगँैचा निर्माण भएको छ ।

कर्णाली प्रदेशका भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डाक्टर राजेन्द्र प्रसाद मीश्रले शुक्रबारका दिन औपचारिक रुपमा विरुवा रोपेसँगै विरुवा रोप्ने कार्य सुरु भएको छ । स्याउका विरुवा रोप्न बगँैचामा पुग्नु भएका मीश्रले कर्णाली प्रदेशमै व्यक्तिगत लगानीमा बगैँचा निर्माण गरेकोमा सरकारका तर्फबाट उच्च समान रहेको बताउनु भयो । उहाँले बगँैचा निर्माण गर्ने मीमवहादुर भण्डारी, लिजमा जग्गा दिने इश्वरी प्रसाद चौलागाई र रुद्रलाल धिताललाई खादा लगाएर सम्मान गर्नु भएको छ । जुम्लामा उत्पादन भएको स्याउले भारत र चिनबाट नेपालमा अाउने स्याउलाई विस्थापित गर्ने उहाँको भनाइ छ ।

सचिव मीश्रका अनुसार सरकारले कृषि कर्म गर्नेलाई लगानी गर्ने बताउनु भयो । व्यक्तिलाई लगानी गर्न सरकार नसक्ने भएकाले सामुहिक वा किसानहरुको जग्गा लिजमा लिएर कृषि कर्म गर्ने व्यक्तिलाई सके जति सहयोग गर्न सकिने उहाँको भनाइ छ । जुम्लाका मीमवहादुर भण्डारीले निर्माण गरेको नमूना स्याउ बगँैचामा सरकारले विरुवा खरीद, घेरबार, सिंचाइ र अन्य प्रविधि सहयोग गर्न सक्ने उहाँले बचन दिनु भएको छ । साहास र आँटका साथ नमूना बगैँचा निर्माण गर्ने भण्डारीलाई सचिव मीश्रले धन्यवाद दिनुभएको छ ।

छरिएर रहेको जग्गालाई चक्लाबन्दि गरि कृषि क्रान्तिको भण्डारीले झल्को दिएको सचिव मीश्रले भनाइ छ । चक्लाबन्दि प्रविधिबाट गरिएको कृषि खेतिले देशलाई समृद्धिको बाटोमा पुराउने उहाँले बताउनु भयो । गुठीचौर एग्रोफर्मका संचालक मीमवहादुर भण्डारीले कृषि क्षेत्रमा केहि गर्नको लागि शहरबाट गाउँ फर्किएको बताउनु भयो । ८ करोड भन्दा बढीको लगानीमा स्याउ बगैँचा निर्माण गरेको उहाँले बताउनु भयो । किसानहरुले जग्गा लिजमा दिएर सहयोग गरेपछि स्याउ बगैँचा निर्माण सुरु गरेको भण्डारीको भनाइ छ ।

कुम्डीको छिडि भन्ने ठाउँमा नमूनाका रुपमा गरिएको फुजी स्याउको सफल खेति पछि १ सय ५० हेक्टर जमीनमा बगँैचा निर्माण गरेको उहाँले बताउनु भयो । पहिलो चरणमा ३ हजार र त्यसपछि २० हजार थपेर बगँैचामा झण्डै ५० हजार स्याउका विरुवा लगाउने योजना रहेको उहाँले बताउनु भयो । बगँैचामा ३२ जना कर्मचारी र २ सय भन्दा बढी कामदारले प्रत्येक दिन काम गर्दे आएको भण्डारीले जानकारी दिनुभयो । ८७ जना किसानहरुको जग्गा तिस वर्षका लागि लिजमा लिएर स्याउ बगँैचा निर्माण गरेको उहाँको भनाइ छ ।

बगैँचा निर्माणमा स्याउ सुपरजोन जुम्लाले विरुवा खरिदमा २५ लाख र सिंचाईमा २२ लाख सहयोग गरेको छ भने अरु सबै लगानि भण्डारी आफैले गर्नु भएको छ । गुठीचौरका स्थानीय दानवहादुर बुढाले गत वर्ष नेपालमा सुरु भएको लक डाउनको बेला भण्डारीका परिवार हवाई जहाज चार्टर गरी स्याउ बगैँचा निर्माण गर्न जुम्ला पुगेको बताउनु भयो । २०७७ साल असोज महिनाबाट बगैँचा निर्माणका काम सुरु भएको उहाँको भनाइ छ ।

कुम्डीको छिडि भन्ने ठाउँमा २६ सय स्याउका विरुवाबाट सुरु भएको परियोजना अनुसार एग्रो फर्मले हाल ३० हजार स्याउका विरुवा लगाउने सपना साकार हुन लागेको बुढाले बताउनु भयो । कृषि कर्मबाट किसानहरु हराउने अवस्थामा पुगेको बेला भण्डारीले गरेको काम अनुकरणीय र नमूना भएको उहाँको भनाइ छ । बुढाका अनुसार ३ करोड रुपैयाँ खर्च गरेर फर्ममा ३० हजार विरुवा लगाउने काम सुरु भएको जानकारी दिनुभयो । १ करोड रुपैयाँको लगानीमा गुठीचौर एग्रो फर्मले सिंचाइको व्यवस्थापन गरेको बुढाले बताउनु भयो ।