
नौरते नेपाली, वैशाख २३ जुम्ला
जुम्ला बजारमा बुधबारका दिन दैनिक उपभोग्य समान किनबेच गर्ने मानिसको भिड लागेको छ । बुधबार रातिबाट लागु हुने निषेधाज्ञालाई लक्षित गरी नागरिकहरु दैनिक उपभोग्य सामानहरु किन्न भिड लागेका हुन् । तेल, चामल, साबुन, तरकारी लगायतका दैनिक उपभोग्य सामानहरु खरिदका लागि नागरिकहरुको बजारमा बुधबार बाक्लै भिड लागेको थियो ।
सागर टेड्र्स एण्ड सप्लायर्समा तेल, चामल र साबुन लिने मानिको भिड लागेका संचालक सागर पोखरेलले बताउनु भयो । उपभोक्ताको भिडलाई व्यवस्थापन गर्नको लागि पसललाई हम्यहम्य भएको उहाँको भनाइ छ । गत वर्षको लकडाउनबाट पाठ सिकेका उपभोक्ताले यो वर्ष आवश्यक पर्ने सबै दैनिक उपभोग्य सामान खरीद गर्नको लागि बजारमा रहेका पसलहरु चाहेरेका थिए ।
बजारमा १० दिन पहिले १९ सय ५० देखि २ हजार ८० रुपैयाँमा किनबेच भएको स्वास्तिक तेलको मूल्य अहिले २४ सय पुगेको छ । दैनिक उपभोग्य सामानको मूल्य आकासीएको छ । धारा तेलको पेटि ३ हजार ५०, सनफ्लोर तेल प्रति पेटि २६ सय ८० मा विक्रि गर्दे आएको सागरले पोखरेलले बताउनु भयो । चामल, तेल, साबुन, चिनि र अन्य दैनिक उपभोग्य सामानको मूल्यमा वृद्धि हुँदा पनि सम्बन्धित निकायले चासो नदिएको नागरिक अगुवा जयकृष्ण आचार्यले बताउनु भयो ।
नागरिकहरु कालोबजारीबाट ठगीदा पनि प्रहरी प्रशासन र स्थानीय सरकार मुख दर्शक बनेको उहाँको आरोप छ । समस्याको घडिमा सर्वसुलभ र बजारकै दररेटमा दैनिक उपभोग्य वस्तु खरिद गर्न पाउने नागरिकको अधिकार माथि लात हाने काम भएको आचार्यको भनाइ छ । लक डाउनका कारण नागरिकले पछिसम्मका लागि आवश्यक पर्ने खाद्यन्न र दैनिक उपभोग्य सामान खरी गरि रहेको मौका छोपि व्यापारीले फाइदा उठाएको उहाँले बताउनु भयो ।
संकटको घडीमा नागरिकको पक्षमा नउभिने प्रहरी र प्रशासनको हविगत सडकमा छताछुल्ल भएको आचार्यको भनाइ छ । यता सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले उपभोक्तालाई गठी गर्ने र दैनिक उपभोग्य सामानको मूल्य बढाएको पाईएमा कारबाही हुने बताउनु भयो ।
संकटको घडीमा सेवा गर्ने भावना हुनु पर्नेमा नागरिकलाई दुख दिने र नियतबस ठग्न खोज्ने व्यवसायीका बारेमा जिल्ला प्रशासन कार्यालय जुम्लालाई जानकारी गराउन उहाँले आग्रह गर्नु भएको छ । सामान किनेको पसलमा बिल माग्न चौलागाइले उपभोक्तालाई अनुरोध गर्नु भएको छ । बिल रुजु गर्दा र कतै व्यापारीले ठगेको पाइमा कारबाही हुने उहाँले बताउनु भयो ।