तिलामा पालिका स्तरीय दलित प्रशाखा गठन – Karnali News

तिलामा पालिका स्तरीय दलित प्रशाखा गठन

 ८ बैशाख २०७८, बुधबार १८:५१  

नौरते नेपाली, वैशाख ८ जुम्ला
दलित अधिकार विषयमा पछिलो समय जुम्लामा आवाज कमै उठेको पाइन्छ । दलित माथि थिचोमिचो नभएर यो आवाज नउठेको पक्कै होइन । दलित माथि भएको विभेद सडकमा ल्याउन खोज्दा माथिलो समुदायबाट हुने दवाव र प्रभावले गर्दा विभेदका घटना बाहिर आउन नसकेको अवस्था हो । झन गाउँ गाउँघरमा हुने विभेद सामान्य रुपमा मिलाइन्छ । दलितले गल्ति नगरेको भएपनि उसैलाई गल्तिको भागेदार बनाएर अब उप्रान्त यस्तो गर्ने छैन भनेर उल्टै लजित बनाईएका उदारहरण धेरै छन् ।

नेपालको संविधानको २०७२ को भाग ३ मा मौलिक हक र कर्तव्य अन्तर्गत भाग २४ मा छुवाछूत तथा भेदभाव विरुद्धको हकका बारेमा व्यवस्था गरेको छ । सोहि धाराको उपधारा (५) मा सबै प्रकारकार छुवाछूत तथा भेदभावजन्य कार्य गम्भीर सामाजिक अपराधका रुपमा कानून बमोजिम दण्डनीय हुने व्यवस्था गरिएको छ । कानूनमा व्यवस्था भएपनि कार्यान्वयन अवस्था फितलो भएकाले दलित माथि हुने विभेदको अवस्था पहिले भन्दा कम भएपनि तुलनात्मक रुपमा अवस्था उस्तै छ ।

गाउँमा हुने विभेदका घटनालाई कम गर्नको लागि दलित सेवा संघ शाखा जुम्ला अन्तर्गतको तिला गाउँपालिकाको सेरी बजारमा पालिका स्तरीय दलित प्रशाखा गठन गरिएको छ । प्रशाखाको आईतबार गाउँपालिका अध्यक्ष रतननाथ योगीले उद्घाटन गर्नु भएको छ । दलित अधिकार र हकहितका लागि खोलिएको शाखाले प्रभावकारी काम गर्न सुझाव दिनु भएको छ ।

समय अनुसार दलित माथि हुने विभेद परिवर्तन भएको भन्दै अध्यक्ष योगीले समाजलाई अझै परिवर्तन गर्नु पर्ने बताउनु भयो । सामाजिक संरचनालाई असर नपर्ने गरी अधिकारका विषयमा काम गर्न उहाँले आग्रह गर्नु भएको छ । गाउँमा हुने विभेदका घटनालाई नलुकाई कानूनको खोजी गर्न अध्यक्ष योगीले दलित समुदायलाई अनुरोध गर्नु भएको छ ।

दलित अधिकारको लागि स्थानीय सरकारले सक्ने जति सहयोग गर्न तयार रहेको उहाँले बताउनु भयो । लिता गाउँकार्यपालिका सदस्य लालवहादुर सुनारले दलित माथि हुने अन्या र अत्यचारका विषयमा अवकालत र पैरवी गर्नको लागि प्रशाखा स्थापना गरिएको बताउनु भयो । दलित माथि सार्वजनिक स्थल वा निजी ठाउँमा हुने विभेदका विषयमा खुलेर विरोध गर्नु पर्ने उहाँको भनाइ छ ।

सुनारका अनुसार जातियताका आधारमा विभेद भएमा सहन नहुने जानकारी गराउनु भयो । पालिका स्तरीय दलित प्रशाखाका अध्यक्ष जयविर नेपालीले गतिशिल समाज परिर्वतनका लागि सबै एकजुट हुनु पर्ने बताउनु भयो । दलित माथि हुने विभेदका घटनालाई कम गर्नको लागि प्रशाखा गठन गरिएको उहाँले बताउनु भयो । दलित प्रशाखाका सचिव धनवहादुर परियारले दलित मुक्तिका लागि एकजुट हुनु पर्ने बताउनु भयो ।

दलित अधिकार प्राप्तिका लागि मागेर होइन ? अधिकार खोस्नु पर्ने बताउनु भयो । दलित सेवा संघ जुम्लाका सचिव राम वहादुर नेपालीले दलित समुदायका मुद्दा ओझेलमा परेपछि २०५२ सालमा राजधानिमा दलित सेवा संघ स्थापना भएको बताउनु भयो । दलित माथि हुने अमानविय व्यहार र असोभनिय कार्यका विरूद्व आवाज बुलन्द गर्न आवश्य रहेको उहाँले बताउनु भयो ।

राज्यले गर्ने जनगणनामा जात लुकाउने परिपाटिको अन्त्य गर्न उहाँले दलित समुदायलाई आग्रह गर्नु भएको छ । दलितको अवस्था कमजोर भएकै कारण आजपनि अन्य समुदायबाट हेपाको काम भई रहेको नेपालीले बताउनु भयो । दलित समुदाय माथिहुने विभेदलाई प्रशाखाले जोडतोडका साथ उठाउनु पर्ने उहाँको भनाइ छ ।