प्रमुख जिल्ला अधिकारी थापा प्रवल जनसेवा श्रीबाट विभूषित – Karnali News

प्रमुख जिल्ला अधिकारी थापा प्रवल जनसेवा श्रीबाट विभूषित

 २८ चैत्र २०७७, शनिबार १७:३७  

नौरते नेपाली, चैत २८ जुम्ला
जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापा प्रवल जनसेवा श्रीबाट विभूषित हुनु भएको छ । नेपाल सरकारले निजामति सेवामा रहि जनहितको लागि काम गरेको भन्दै उहाँलाई प्रवल जनसेवा श्रीबाट विभूषित गरेको हो । जुम्लामा बसी राष्ट्रको श्रीवृद्विमा ठोस योगदानको उच्च मूल्यांकन गÞरी सम्माननीय राष्ट्रपति विद्यादेवि भण्डारी ज्यूबाट थापा विभूषित हुनु भएको हो । जनताको सेवामा अझ प्रतिवद्ध भई रहन उत्प्रेरणाको साथै सम्मान मिलेको प्रमुख जिल्ला अधिकारी थापाले सामाजिक संजाजल फेसबुकबाट प्रतिक्रिया दिनु भएको छ ।

आगामी दिनमा अझै जिम्मेवारी पूर्वक सेवारत रहने प्रतिवद्वता समेत उहाँले गर्नु भएको छ । प्रवल जनसेवा श्रीबाट विभूषित गरेकोमा थापाले नेपाल सरकारलाई हार्दिक आभार तथा धन्यवाद ब्यक्त गर्नु भएको छ । जुम्लामा बसेर जनताको सेवामा जुट्न अझ सहयोग मिलेको उहाँको भनाइ छ । नागरिकलाई शिरमा राखेर आगामी दिनमा सेवा दिन तयार रहेको थापाले बताउनु भयो ।

यस्तै जुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष रज्जब अलि मनिहार सम्माननीय प्रधानमन्त्रि केपि शर्मा ओलीबाट सम्मानीत हुनु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ५५ औँ बार्षिक साधरणसभा एवं उद्योग दिवस २०७७ को उपलक्ष्यमा नेपाल उद्योग वाणिज्य महासंघहरु मध्येबाट अलि मनिहार सम्मानित हुनु भएको हो । जुम्ला उद्योग वाणिज्य संघ यो पटक समेत गरि ४ पटक उत्कृष्ट स्थान हासिल गरि सकेको छ । यस पटक पनि जुम्ला उद्योग वाणिज्य संघको तर्फबाट रज्जब अलि मनिहार प्रधानमन्त्रि केपि शर्मा ओलीबाट सम्मान पत्र ग्रहण गर्नु भएको छ ।

जुम्लाका उद्योग र ब्यापारीहरुको हक हितका लागि उत्कृष्ट काम गरेको बापत सम्मान प्राप्त भएको जुम्ला उद्योग वाणिज्य संघले जुम्लाले जनाएको छ । संघका अनुसार जुम्लामा रहेका उद्योग र ब्यापारीहरुलाइ सहि ढङ्गले परिचालन गरेको भनि सम्मान प्राप्त भएको जुम्ला उद्योग वाणिज्य संघका कर्मचारी पारस उपाध्याले जानकारी दिनु भयो ।