
नौरते नेपाली, चैत १० जुम्ला
नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लामा अनिश्चितका लागि मंगलबार तालाबन्दि गरिएको छ । जुम्लामा रहेका ७ वटा क्रियाशिल विभिन्न पत्रकारहरुका संघ संगठनहरुले उजुरी गर्दे तालाबन्दि गरेका हुन् । प्रेश सेन्टर, प्रेश युनियन, प्रेश चौतारी, पत्रकार समाज, मिडिया नेपाल, क्रान्तिकारी पत्रकार संघ र प्रेश मञ्च जुम्लाले तालाबान्दि र उजुरी गरेका हुन् । नयाँ सदस्य वितरण गर्ने विषयमा नेपाल पत्रकार महासंघ प्रदेश र केन्द्रले मनोमानि र स्वच्छेचारी निर्णय गरि जिल्ला शाखा जुम्लाको निर्णयलाई अवज्ञा गरेको भन्दै संघ संगठनहरुले तालाबन्दि गरेका हुन् ।
नयाँ सदस्यता वितरणका विषयमा प्रदेश र केन्द्रले जिल्ला शाखा जुम्लाको निर्णयलाई लत्याएर आफुखुसी सदस्यता वितरण गरेको विभिन्न संघ संगठनहरुले जिल्ला शाखा जुम्लामा तालाबन्दि गरेका हुन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाबाट गएको असोज महिनाको ५ गतेका दिन केन्द्रिय महासंघमा पठाईएको ३३ जनाको नाम हटाएर आफुखुसी महासंघले १३ जनालाई नयाँ सदस्यता पठाएको विरोधमा तालाबन्दि गरिएको हो । केन्द्रिय र प्रदेश महासंघले नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लालाई राजनैतिक खोल ओडाएर नयाँ सदस्यता वितरण गरेको विभिन्न पत्रकारका संघ संगठनहरुले आरोप लगाएका छन् ।
विगतमा जिल्ला शाखा जुम्लाले पठाएको निर्णयलाई अक्षरस पालना गर्न आह्वान पनि गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा जुम्लाले पठाएका नयाँ सदस्यता कायम नभएसम्म तालाबन्दि कायम रहेने प्रेश युनियन जुम्लाले जनाएको छ । जिल्ला शाखा जुम्लाले पठाएको निर्णयको विरुद्ध जाने नेपाल पत्रकार महासंघ प्रदेश र केन्द्रलाई जिल्लामा आएर आफै शाखा संचालन गर्न विभिन्न पत्रकारहरुका संघ संगठनहरुले उजुरी पत्रमा लेखेका छन् ।
नयाँ सदस्य वितरणका लागि गलत र सहि छुट्याउने जिल्ला शाखा जुम्लाको अधिकारलाई प्रदेशले हस्तक्षेप गरेको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष बरमवहादुर महतले बताउनु भयो । नेपाल पत्रकार महासंघ प्रदेशका अध्यक्ष दुर्गा थापाले जिल्ला शाखाको निर्णय लत्याएर आफ्ना पार्टी निकटका पत्रकाहरुलाई सदस्य वितरणका लागि केन्द्रलाई सिफारीस गरेको महतले आरोप लगाउनु भयो । यहि चैत २५ गते हुने महासंघको निर्वाचनलाई आफु अनुकुल र आफु निकट पार्टीका व्यक्तिलाई महासंघमा हुल्नको लागि प्रदेश अध्यक्ष थापाले गलत कदम चालेको उहाँको भनाइ छ ।
प्रदेश महासंघले जिल्ला शाखा जुम्लाको निर्णय र सिफारिसलाई वास्ता नगरी आफु निकट पार्टीका व्यक्तिलाई पत्रकारको सदस्य वितरण गरेको महतले बताउनु भयो । गएको असोज महिनाको ५ गते र त्यसपछि जिल्ला शाखा जुम्लाले पटक पटक प्रदेश र केन्द्रमा नयाँ सदस्यताका लागि गरेको अनुरोध र निर्णयलाई वेवास्ता गरिएको जिल्ला शाखा जुम्लाका अध्यक्ष महतले बताउनु भयो ।
उहाँका अनुसार जिल्ला शाखा जुम्लामा पत्रकारहरुका विभिन्न संघ संगठनहरुलाई तालाबन्दि नगर्न आग्रह गर्दा पनि सदस्यताका विषयमा प्रदेश र केन्द्रले एकलौटि निर्णय गरेको भन्दै आफ्ना कुरा नसुनेको प्रतिक्रिया दिनुभयो । प्रेश युनियनका केन्द्रिय सदस्य एलपी देवकोटाले प्रदेश र केन्द्रले जिल्ला शाखा जुम्लाको निर्णय अवज्ञा गर्न नहुने बताउनु भयो । सदस्य वितरण गर्ने अधिकार जिल्ला शाखामा रहेको अवगत गर्दे उहाँले जिल्लाको निर्णयलाई बाइसपास गर्ने हो भने जुम्लामा शाखा नराख्दा पनि हुने जानकारी गराउनु भयो ।
सदस्य वितरणमा नेपाल पत्रकार महासंघ प्रदेश र केन्द्रले ठुलो गल्ती गरेको देवकोटाको भनाइ छ । कुनै पनि संचार माध्यममा काम गर्ने पत्रकारहरुलाई सदस्यता दिएर महासंघको छविमाथि हिलो छ्याप्ने काम भएको उहाँको भनाइ छ । निर्वाचनलाई आफ्नो पक्षमा पार्नको लागि सदस्यता तिरण गर्ने परिपाटि अन्त्य हुनु पर्ने देवकोेटाले बतानु भयो ।