
एनिशा हमाल, चैत १० जुम्ला
जिल्ला प्रशासन कार्यालय जुम्लाको आयोजनमा आज लागु औषध दुव्र्यसनि विरुद्ध जुम्ला सदरमुकाममा सचेतना कार्यक्रम गरिएको छ । देशको जिम्मेवार बोकेका भविष्यका कर्णधार विद्यार्थीलाइ लागु औषधमा फस्न नदिनका लागि यो कार्यक्रमको सुरुवात गरिएको हो । सचेतना कार्यक्रम पहिलो पटक कर्णाली प्राविधिक शिक्षालयमा गरिएकोमा दोस्रो पटक चन्दननाथ नमूना माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरेर उक्त कार्यक्रम सञ्चालन गरिएको हो । विद्यार्थीलाइ सचेत गराउन लागु औषध दुव्र्यसनी सम्बन्धि जनचेतना मुलक भिडियो पनि प्रस्तुत गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले लागु औषध दुव्र्यसनिलाइ कम गर्न यस्ता सचेतना कार्यक्रम जुम्लाका सबै माध्यामिक स्तरका विद्यालयमा गरिने बताउनु भयो । प्रहरी समुदाय साझेदारी कार्यक्रमको समन्वय प्रशासनको आयोजनामा यस्ता कार्यक्रम गरिएको उहाँकाले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयले लागु औषध नियन्त्रण सम्बन्धि कार्ययोजना २०७७ बनाएको थापाले बताउनु भयो । लागुऔषध दुव्र्यसनीका क्रियाकलाप बढ्न थालेपछि प्रहरी र प्रशासन लागु औषध मुक्त जिल्ला बनाउने अभियानमा लागेका उहाँको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी थापाका अनुसार माध्यमिक विद्यालय स्तरमा सचेतना फैलाउने बताउनु भयो । प्रशासन कार्यालय जुम्लाले लागु औषध विरुद्धको कार्ययोजना २०७७ बनाएको थापाको भनाइ छ । कर्णाली राजमार्ग सञ्चालनमा आए ंसंगै लागु औषध ओसारपसार र सेवन गर्नेको संख्या बढिरहेको पाइएको छ । जसका कारण जुम्ला लागु औषधको प्रभावित जिल्ला बन्दै गएको छ । ग्रामिण क्षेत्र भन्दा सहरी क्षेत्रमा बढि लागु औषध सेवन तथा ओसार पसार भइरहेको छ । स्थानीय प्रहरी प्रशासनले कडा रुपमा अध्ययन अनुसन्धान र नियन्त्रण गरिरहेको छ ।
विद्यालय स्तरमै पुगेर लागु औषधको कानुनी ज्ञान प्रदान पनि गरिरहेको छ । कार्यक्रमको सुरुवातमा जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक दान बहादुर थापाले लागु पदार्थको परिचय, यसका असर, दुव्र्यसनिमा मानिस कसरी फस्छ र दुव्र्यसनिमा फसेको मान्छेलाइ कसरी बचाउन सकिन्छ भन्ने कुराको जानकारी गराउनु भएको थियो ।
त्यस्तै थापाका अनुसार लागु पदार्थको बेचबिखन, सेवन र भण्डारण गर्ने मानिसलाइ न्यूनतम एक महिना कैद दुई हजार जरिवना र अधिकतम १५ बर्ष कैद र २५ लाख सम्म जरिवान गराउने कानुनी प्रावधान रहेको उहाँले बताउनु भयो । कार्यक्रममा मन्तव्य राख्दै चन्दननाथ नमूना माध्यामिक विद्यालयका निमित्त प्रमुख बविता रोकायाले आफ्ना विद्यार्थीलाइ लागु औषध दुव्र्यसनी विरुद्ध सचेत गराएको भन्दै आयोजक टिम प्रति खुसी व्यक्त गर्नु भएको छ ।
त्यस्तै मन्तव्य राख्ने क्रममा विद्यालय व्यवस्थाप समिति अध्यक्ष कृष्ण वहादुर रोकायाले विद्यार्थीलाई केन्द्रित गर्दै भविष्यका नानी र सुनौलो सपना बोकेका किशोर किशोरीलाई कुलग कार्यमा सहभागि नहुन आग्रह गर्नु भएको छ ।