रामबहादुर दमाई ९ वर्ष देखि भँैसि पालन व्यवसाय गर्दै – Karnali News

रामबहादुर दमाई ९ वर्ष देखि भँैसि पालन व्यवसाय गर्दै

 ५ चैत्र २०७७, बिहीबार ०७:४०  

कालीवहादुर परियार, चैत ५ जुम्ला
गुठिचौर गाउँपालिका वडा नम्वर ३ गज्र्याङ्गकोट गाउँका रामबहादुर दमाई विगत ९ वर्ष देखि भँैसि पालन व्यवसाय गर्दै आउनु भएको छ । परम्परागत सिलाई कटाई पेशालाई छोडेर रामवहादुरले भैँसि पाल्न सुरु गर्नु भएको छ । सिलाई कटाई पेशाबाट कमाई राम्रो नएको हुनाले भैँसि पालन व्यवसाय रोजेको उहाँको भनाइ छ । उहाँले आफ्नै लगानिमा ४ वटा भैँसि पाल्नु भएको छ ।

भैँसिको दुध बेचेर रामवहादुरले महिनामा २० देखि ३० हजार सम्म कमाउने गरेको सुनाउनु भयो । गाउँमै उहाँले प्रतिलिटर ५० रुपैयामा दुध बच्ने गर्नु हुन्छ । दुध बेचेर राम्रो कमाइ हुने भएकाले भैँसि पाल्न सुरु गरेको उहाँको भनाइ छ । सुरुमा एउटा दुहुनो भँैसिबाट सुरु गर्नु भएका उहाँले हाल ४ वटा भैँसि जोडी सक्नु भएको छ । भैँसिको संख्या बढाउने सोच रहेको उहाँले जानकारी गराउनु भयो ।

पछिल्लो समय दुधको माग धेरै भएकाले भैँसि पालन व्यवसायमा सहभागि भएको रामवहादुरको भनाइ छ । भैँसि पासलन सुरु गरेबाट घरखर्च चलाउन र लुगाफाटो फेर्न सजिलो भएको उहाँले सुनाउनु भयो । पालेका सबै भैँसिको रामवहादुरले विमा समेत गर्नु भएको छ । चराउन लिएको बेला लोटेर होस या रोगले मर्दा रकम पाइने भएकाले विमा गरेको उहाँले सुनाउनु भयो ।

कृषि पेशामा आवद्ध भएपनि ज्ञानको अभावले गर्दा विभिन्न बेला आइ पर्ने समस्याले हैरान गरेको उहाँले जानकारी गराउनु भयो । स्थानीय सरकारले भैँसिमा लाग्ने रोग तथा उपचारको विधिका बारेमा जानकारी गराएको भए सहज हुने उहाँको भनाइ छ ।