सात सय ४७ जना किसानले क्षतिपूर्ति पाए – Karnali News

सात सय ४७ जना किसानले क्षतिपूर्ति पाए

 २ चैत्र २०७७, सोमबार ०८:१७  

नौरते नेपाली, चैत २ जुम्ला

मौसममा आधारित स्याउ खेतीको बीमा गरेका जुम्लाका ७ सय ४७ जना किसानले क्षतिपूर्ति पाएका छन् । मौसम सूचकाङ्कका आधारमा बीमा गरेका स्याउ किसानले क्षतिपूर्ति वापत रकम भुक्तानी पाएका हुन् । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड प्रदेश शाखा कार्यालय जुम्लाले बीमा गरेका किसानलाई क्षतिपूर्ति दिएको हो । पातारासि गाउँपालिका ६ उथु्र्रका अदिराज विष्टले १ लाख ८९ हजार रुपैयाँ क्षतिपूर्ति वापत पाउनु भएको छ । विष्टले ७ सय स्याउका विरुवाको बीमा गर्नु भएको थियो । प्रति विरुवा २ सय ७० रुपैयाँका दरले विष्टलाई क्षतिपूर्ति दिइएको हो ।

जुम्लाका आठवटै स्थानीय तहका किसानहरुले स्याउ विमा गराएका थियो । गतवर्ष स्याउ फल्ने बेला परेको असिनाले क्षति गरेको हुनाले बीमा गराएका किसानहरुले क्षतिपूर्ति पाएको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका इन्चार्ज ऋषिराम पाण्डेले बताउनु भयो । तिलाका ३ जना किसान रातो रावत, हिरा रावत र खुम्बी रावतले बीमा गरेको १÷१ एउटा स्याउको विरुवाको २ सय ७० रुपैयाँ क्षतिपूर्ति दिएइको उहाँको भनाइ छ । प्रत्येक स्थानीय तहमार रहेका कृषि शाखाहरुको सिफारिसमा बीमा गरेका किसानहरुलाई शिखर इन्स्योरेन्सले क्षतिपूर्ति दिएको पाण्डेले जानकारी गराउनु भयो ।

मौसमी स्याउ असिना र सुक्खा खडरीले क्षति पु¥याएकाले बीमा गरेका कृषकलाई राहत उपलब्ध गराइएको पाण्डेले बताउनु भयो । एउटा बिरुवाको ४२ रुपैयाँमा बीमा गरेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको उहाँले जनाकारी गराउनु भयो । वैशाख देखि चैत १५ सम्म किसानले बीमा गराइ सक्नु पर्ने भन्दै उनले मौसमी स्याउ बीमा गरेकामा खडेरी र असिनाले असर गरेपछि क्षतिपूर्ति उपलब्ध गराउँदै आएको उहाँको भनाइ छ । स्याउको बीमासँगै जीवन बीमा पनि गर्न थालिएको हुनाले एक सय रुपैयाँले एक लाख रुपैयाँसम्मको बीमा गर्न सकिने पाण्डेले बताउनुभयो ।

स्याउ बगैंचामा काम गर्न जाँदा चोटपटक लागेमा ७५ प्रतिशत र मृत्यु भएमा एक लाख रुपैयाँ दिने नीति शिखरले ल्याएको उहाँले जानकारी दिनुभयो । स्याउको बीमा गर्दा एक बोट बराबर ४२ रुपैँया तिर्नु पर्ने पाण्डेको भनाइ छ । कालिकोट र मुगुका १३ सय ८२ जना किसानले स्याउ बीमा गरे वापत २ करोड ५५ लाख रुपैयाँ क्षतिपूर्ति पाएको उहाँले जानकारी गराउनु भयो । कृषि विकास कार्यालय जुम्लाका प्राविधिक सहायक लछिराम महतले स्याउ खेतीबाट क्षति बेहोर्नु परेका किसानलाई राहत पुगेको बताउनु भयो ।

किसानलाई उहाँले बीमा गर्न आग्रह समेत गर्नु भएको छ । बीमा गरेका किसानले रकम पाउनुमा किसानको बीमा प्रति चासो बढेको र काम गर्न थप हौसला प्रदान भएको बताउनु भयो । किसानलाई उत्साहित गर्ने काम शिखरले गरेको भन्दै महतले बीमा नगरेका किसानहरुलाई समावेश गर्न आग्रह गर्नु भएको छ । ‘जुम्लालाई स्याउ पर्यटन क्षेत्रका रूपमा विकास गर्न यस्ता क्षतिपूर्तिका कार्यक्रम आवाश्यक रहेको उहाँको भनाइ छ । जिल्लाका झण्डै २१ हजार घरधुरीमध्ये करिब १६ हजार बढी घरधुरीमा स्याउको बगंैचा ब्यवस्थापन भइसकेको महतले बताउनु भयो ।