
नौरते नेपाली, चैत २ जुम्ला
नेपाल कम्युनिष्ट पार्टी एमाले जुम्लाको प्रथम जिल्ला कमिटिको विस्तारित बैठक बसेको छ । बैठकले जुम्ला जिल्लाको कम्युनिष्ट आन्दोलनलाई एकिकृत रुपमा बचाइ राख्न र नेकपा एमालेलाई सुदृढ बनाउन तिन सदस्यीय वार्ता कमिटि गठन गरेको छ । नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतको संयोजकत्वमा तिन सदस्यीय वार्ता कमिटि गठन गरिएको नेकपा एमाले पार्टी कार्यालय सचिव जयवहादुर खत्रीले बताउनु भयो ।
नेपा एमालेको २०७० साल चैत २७ गतेका दिन भएको जिल्ला अधिवेशनबाट तिर्थ बुढा अध्यक्ष निर्वाचित हुनु भएको थियो । २०७५ जेठ २ मा नेकपा माओवादि केन्द्र र नेकपा एमाले मिलेर नेकपा गठन भएको थियो । २०७७ साल पुष ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघगठन गरेपछि नेपाल पक्ष दाहालको पछि लागेर पार्टी हित विपरित काम गरेको भन्दै तत्कालको संक्रमणकालीन अवस्थामा जुम्लाको पार्टी अध्यक्ष शान्तिलाल महतलाई नेकपाले तोकेको छ ।
२०७७ साल फागुन २३ गतेको सर्वाेच्चको निर्णयले नेकपा एमाले र माओवादि केन्द्रलाई पूर्ववत अवस्थामा फकाई दिएपछि नेकपा एमाले भित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । यहि विवादको कारण माधव कुमार नेपाल पक्षको अनुपस्थितमा नेकपा केपी पक्षले जुम्लामा पहिलो पटक प्रथम जिल्ला कमिटिको विस्तारित बैठक सम्पन्न गरेको छ । बैठकले एमालेमा आस्था राख्ने र जवजको सिद्धान्त अवलम्बन गरेकाहरुलाई पार्टीमा फर्काउने अभियानको थालनी गरेको छ ।
नेकपा एमालेका केन्द्रिय सदस्य तथा पूर्वराज्य मन्त्री बलवहादुर महत, केन्द्रिय सदस्य धिरेन्द्रराज गिरी र केन्द्रिय सदस्य रतननाथ योगी लगायतका नेताहरुले पार्टी हित विपरित काम गर्ने र आफ्नै सरकारका विरुद्धमा सडकमा उत्रिने पक्षलाई अनुशासनको कारबाही हुनु पर्ने बताउनु भएको छ । यता नेकपा एमाले नेपाल पक्षका जिल्ला पार्टी सचिव आदि प्रसाद न्यौपानेले एमाले जिल्ला कमिटिको विस्तारित बैठक नभइ ओली गुटको बैठक भएको आरोप लगाउनु भयोे ।
दुलोबाट छिरी पार्टीको गतिविधि गर्ने ओली पक्षको काम वैधानिक नभएको उहाँको भनाइ छ । तिर्थबुढाले नेतृत्व गरेको एमाले पार्टी जुम्लामा आधिकारीक रहेको उहाँले बताउनु भयो । एमालेको जिल्ला अधिवेशनबाट बुढाको नेतृत्वमा नेकपा एमाले जिल्ला कमिटि विस्तार भएको भन्दै न्यौपानेले टिका लगाएर आएका नेतृत्व मान्य नहुने बताउनु भयो ।