
कालीवहादुर परियार, फागुन २९ जुम्ला
गुठिचौर गाउँपालिका वडा नम्वर ३ गज्याङ्गकोटका खड्के कामी विगत ७ वर्ष देखि परम्परागत आरन पेशबाटै जिपिकोपार्जन गरि रहनु भएको छ । परम्परागत पेशाको संरक्षण हुने र घरखर्च चलाउन सजिलो हुने भएकाले यो पेशा नछोडेको उहाँको भनाइ छ । उहाँले आरनमा आसि, कुटा, कोदालि र तरबार जस्ता बिभिन्न खालका घरेलु औजारहरु बनाउने काम गर्नु हुन्छ ।
आफ्ना बुबाको शेस पछि आफुले पनि यो पेशा अंगालेको कामीको भनाइ छ । आरन पेशाबाट महिनाको २० हजार जति आम्दानि हुने गरेको उहाँले बताउनु भयो । आसि बनाएको २ सय ५०, कुटो बनाएको १ सय ५०, कोदाली बनाएको ५ सय र तरबार बनाएको २५ सय देखि ३५ सयसम्म रुपैयाँ लिने गरेको उहाँको भनाइ छ । उहाँले अहिले सम्म लाखौँ खंख्याको हाराहारीमा औजारहरु बनाइ सक्नु भएको छ । पुर्खाको पेशाको संरक्षण हुने र घरखर्च जुटाउन पनि सहज भएकाले यो पेशाबाट आत्मसन्तुष्टि प्राप्त भएको उहाँले बताउनु भयो ।
आरन पेशालाई व्यवस्थित गर्नको लागि स्थानीय सरकारले सहयोग गरेमा अझ सहज हुने खड्के कामीको भनाइ छ । गाउँघर भन्दा शहर बजारमा आरन व्यवसाय गरेको भए दोब्बर फाइदा हुने उहाँको बुझाइ छ । आर्थिकको कारणले बजारमा व्यवसाय संचालन गर्न नसेको उहाँले सुनाउनु भयो । गाउँघरमा काम गरे वापत चामल, दाल, पिठो ज्याला दिने गरेको भन्दै उहाँले पेशाको सम्मान खासै हुन नसकेको बताउनु भयो ।
श्रमलाइ अन्न दिएर टार्ने प्रचलनका कारण आम्दानी सोचे जस्तो हुन नसकेको उहाँको भनाइ छ । कामीका अनुसार कसैले नगद दिने गरेपनि आधा दिने र आधा उधारो गर्ने हुँदा गरेको मेहन्त खेर जाने गरेको जानकारी गराउनुभयो । काम गर्दा सबैले सीपको प्रशंसा गरे पनि गाउँघरमा परिश्रमको फल भने जस्तो नआउने गरेको उहाँको अनुभव छ ।
सिंह दरबारको अधिकार गाउँमा पुगेपनि गरी खाने र पहुँच नभएकाहरुको अवस्था जस्ताको तस्तै रहेको उहाँले सनाउनु भयो । दिन दुखिका लागि संघियताको अनुभूति नभएको उहाँको उहाँले गुनासो गर्नुभयो । स्थानीय सरकारले यो पेशालाइ अझ बढवा दिनको लागि सिपमुलक तालिम दिएको भए सहज हुने कामीले आशा गर्नु भएको छ ।