नेकपा एमाले पार्टी कार्यालयमा साइनबोर्ड राखियो – Karnali News

नेकपा एमाले पार्टी कार्यालयमा साइनबोर्ड राखियो

 २६ फाल्गुन २०७७, बुधबार १५:५५  

नौरते नेपाली, फागुन २६ जुम्ला
नेकपा नामको विवादमा सर्वोच्च अदालतले फैसला दिएसँगै प्रधानमन्त्री केपी शर्मा ओली पक्ष नेकपा एमाले ब्यूँताउन लागि परेका छन् । सर्वोच्च अदालतले २३ गते ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको थियो । विभिन्न जिल्लामा रहेका पार्टी कार्यालयमा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमाले लेखिएको साइनबोर्ड राख्न थालिएको छ । जुम्लामा साविकको नेकपाको साइनबोर्ड हटाएर नेकपा एमाले लेखिएको साइनबोर्ड राखिएको छ । जुम्लाका ओली पक्षका कार्यकर्ताले पार्टी कार्यालयमा नेकपाको साइनबोर्ड हटाएर नेकपा एमालेको साइनबोर्ड राखेका छन् ।

नेकपा एमालेको जवबको नारा लगाउदै पार्टी कार्यालयमा साइनबोर्ड राखिएको नेकपा ओली पक्षका अमर रोकायाले बताउनुभयो । नेकपा एमाले पार्टी ब्युँतिको खुसी व्यक्त गर्दे उहाँले नेपाली जनताको आशा र भरोसाको केन्द्र नेकपा भएकाले सबैलाई गोबन्द हुन उहाँले आग्रह गर्नु भएको छ । नेकपा एमाले मन भएकाहरुलाई पुरानो एमाले पार्टी कार्यालयमा आएर छलफल र बिचारका विषयमा मन्थन गर्न नेकपा एमाले ओली पक्षका जयवहादुर खत्रीले आग्रह गर्नु भएको छ । उहाँका अनुसार सर्वाेच्चको निर्णय पछि नेकपा एमाले ओली पक्षका नेताकार्यकर्ताहरुमा देखिएको उत्साहलाई मध्येनजर गर्दे पार्टी कार्यालयमा साइनबोर्ड राखिएको बताउनु भयो ।

पार्टीलाई जीवित र सबैको साझा बनाउन एमालेको सिद्धान्त स्वीकार गर्नेहरु एउटै थलोमा आउनु पर्ने खत्रीको भनाइ छ । हामी पार्टी एकता हुँदा पनि खुसी थियौँ, अहिले पनि खुसी छौँ उहाँले भन्नुभयो सहजतमा मात्तिन्ने र असजमा आत्तिन्ने प्रवृत्तिबाट सजग रहन आग्रह गर्नु भएको छ । तीन बर्षको अन्तरालमा पुन नेकपा एमाले जुम्लाको पार्टी कार्यालयमा औपचारिक रुपमा नेकपा एमालेको साइनबोर्ड राखिएको छ, । आजका दिनबाट सूर्य चिन्ह र जवजका रक्षकहरु एकताबद्ध भएर सबल र सुसंगठित पार्टी बनाउन सबैको योगदान र आबश्यकता रहेको नेकपा भरत नेपालीले बताउनु भयो ।

सबै एमालेजनहरु सहभागी हुन नसके पनि मनमा सूर्य र मस्तिष्कमा जवज भएका सम्पुर्ण शुभचिन्तकहरुलाई एकताबद्ध भएर आगामी दिनमा पार्टीमा सहभागि हुन उहाँले अनुरोध गर्नु भएको छ । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै सत्तारुढ नेकपाका नेताहरू दुई खेमामा विभाजित भएका थिए । ओली पक्ष र प्रचण्ड–माधव पक्षले आफ्नो समूहलाई नेकपाको आधिकारिक पार्टी भएको दावी गर्दै आएको अवस्थामा फागुन २३ गते सर्वोच्च अदालतले कट्टेल नेतृत्वको नेकपासँग नाम मिलेको भन्दै खारेज हुने फैसला गरेको थियो । त्यसपछि उत्साही देखिएको ओली पक्षले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएको र २०७५ जेठ २ गतेको अवस्थामा पुगेको टिप्पणी गरेको छ ।