सेना दिवसमा नागरिकका लागि दौड प्रतियोगिता हुने – Karnali News

सेना दिवसमा नागरिकका लागि दौड प्रतियोगिता हुने

 २३ फाल्गुन २०७७, आईतवार १९:०८  

नौरते नेपाली, फागुन २३ जुम्ला
नागरिकको सहभागितामा नेपाली सेनाले सेना दिवस मनाउने तयारी थालेको छ । प्रत्यक्ष नागरिकको सहभागितामा दिवस मनाउने तयारी थालिएको नेपाली जनाएको हो । दिवसमा आयोजना गरिएको दौड प्रतियोगितामा नागरिकले मात्रै भाग लिन पाउने नन्दबक्स गण जुम्लाले जनाएको छ । फागुन महिनाको २७ गतेका दिन मनाइने सेना दिवसका अवसरमा ५ किलोमटिर दौड प्रतियोगिता आयोजना गरिएको नन्दबक्स गण जुम्लाको मेजर दिनेश न्यौपानेले जानकारी गराउनु भयो । उक्त दौड प्रतियोगितामा नागरिकको मात्रै सहभागिता गराउने तयारी भएको उहाँले जानकारी गराउनु भयो ।

प्रतियोगितामा निजामति कर्मचारी, पत्रकार, स्वास्थ्यकर्मी, स्थानीय युवा क्लब र होटल व्यवसायिहरुले भाग लिन सक्ने उहाँको भनाइ छ । प्रतियोगितामा सहभागि हुन चाहने नागरिकलाई सम्पर्क गर्न मेजर न्यौपानेले आग्रह गर्नु भएको छ । नागरिकको भव्य सहभागितामा दिवसको अवसरमा दौडि प्रतियोगिता गर्न लागिएको उहाँको भनाइ छ ।

मेजर न्यौपानेका अनुसार सेना र नागरिकको सम्बन्ध विस्तारको लागि प्रत्यक्ष नागरिकको सहभागितामा दिवस मनाउन लागिएको बताउनु भयो । प्रतियोगितामा भाग लिने नागरिकको लागि उचित पुरस्कारको व्यवस्था गरिएको जानकारी गराउनु भयो । फागुन २७ गते विहान नेपाली सेनाको खेलमैदानबाट दौड सुरु हुने भएकाले उपस्थितका लागि सबैलाई आग्रह गरिएको छ ।

प्रतियोगितामा भाग लिन आउनेहरुलाई टिस्र्ट र क्यापटोपि सहितको व्यवस्था गरिएको नन्दबक्स गण जुम्लाले जनाएको छ । विगतका वर्ष भन्दा यो वर्ष फरक तवरले दिवस मनाउन लागिएको मेजर न्यौपानेको भनाइ छ । ४५ वर्ष मुनिका र ४५ वर्ष भन्दा माथिका उमेर समूहका नागरिकले पनि प्रतियोगितामा भाग लिन पाउने छन् ।