टेलिकमले दिने सेवा प्रति उपभोक्ताहरु आजित – Karnali News

टेलिकमले दिने सेवा प्रति उपभोक्ताहरु आजित

 १९ फाल्गुन २०७७, बुधबार ०९:३६  

एनिशा हमा, फाल्गुन १९ जुम्ला
नेपाल टेलिकम शाखा जुम्लाले दिने सेवा प्रति उपभोक्ताहरु आजित भएका छन् । मोवाइलमा कुराकानी गर्ने क्रममा बिचमा रोकिने, आवाज स्पष्ट नसुनिने र भनेको बेला फोन नलाग्ने जस्ता समस्याले गर्दा उपभोक्ता आजित भएका हुन् । एक हप्ता देखि जुम्लामा मोवाइलको नेटवर्कले राम्रोसँग काम नगर्दा नेपाल टेलिकमको सेवा भरपर्दाे र विश्वसनिय नभएको उपभोक्ता रामकृष्ण बुढाले बताउनु भयो ।

उहाँका अनुसार एक त भनेको बेलामा फोन लाग्दैन ! यदि लागे पनि कुराकानी पुरा हुन नपाउँदै बिचमा काटिने र रोकिने गरेको सुनाउनु भयो । कुराकानी नभएपनि पैशा काट्ने गरेको भन्दै उहाँले फोनमा स्पष्ट आवाज सुनिने गरी सेवा दिन नेपाल टेलिकम शाखा जुम्लालाई अनुरोध गर्नु भएको छ । नेपाल टेलिकम शाखा जुम्लाले उपभोक्ताको डाढ सेक्ने काम गरेको बुढाले आरोप लगाउनु भयो ।

मोवालइमा हालेको रिजार्च हेलो गर्दे सकिने गरेको भन्दै उहाँले सेवा राम्रो दिन टेलिकमलाई सुझाव दिनु भएको छ । यता नेपाल टेलिकम शाखा जुम्लाका प्राविधिक चित्रवहादुर शाहीका अनुसार ब्यानविक्क उपकरणमा आएको समस्याले गर्दा बिचमै कुराकानी नसुनिने र भनेको बेला फोन नलाग्ने गरेको बताउनु भयो । यस्तो समस्याबाट जुम्ला र डोल्पाका उपभोक्ता बढी मारमा परेको उहाँको भनाइ छ ।

फोन गर्दा बिचैमा कट्ने, राम्रो नसुनिने, बिचमा आवाज गढबढ आउने, आवाज काटिएर आउने हुँदा भन्न खोजेको कुरा प्रष्ट नसुनिने समस्या रहेको शाहीले सुनाउनु भयो । उहाँका अनुसार योगकर्ताको संख्या धेरै हुनु र नेटवर्कको क्षमता कम भएका कारणले उपभोक्ताले यस्तो समस्या भोग्नु परेको बताउनु भयो । यो समस्याको समाधान जुम्लामा नहुने भन्दै शाहीले प्रदेश र केन्द्रिय कार्यालयबाट हुने भएकाले कहिलेसम्म समाधान हुन्छ भन्ने कुरा अहिले भन्न नसकिने बताउनु भयो ।

यस बिषयमा केन्द्र र प्रदेशसँग छलफल गरी छिटै समाधन गरीने पनि उहाँले जानकारी दिनुभयो । साँझको समयमा इन्टरनेट सेवा पनि राम्रो नचल्ने हँुदा डोल्पा र जुम्लाका नागरिकहरु मारमा परेका छन् । एक हप्ता देखि जुम्ला र डोल्पाका उपभोक्ताहरुले यो समस्या भोगिरहेका छन् । नेटवर्क राम्रो नहुदाँ काम परेको समयमा फोन नलाग्दा सूचना लिन र दिन समस्या भएको उपभोक्ताले गुनासो गरेका छन् ।