नेकपाको एकता राष्ट्रिय अभियान जुम्लामा पनि सुरु – Karnali News

नेकपाको एकता राष्ट्रिय अभियान जुम्लामा पनि सुरु

 १६ फाल्गुन २०७७, आईतवार ०८:२०  

कालीवहादुर परियार, फाल्गुन १५ जुम्ला
जुम्लामा आज नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता राष्ट्रिय अभियानको सुरु भएको छ । जसमा हिमालय खत्री संयोजक, सिंह बहादुर खत्री सहसंयोजक, महानन्द चौलागाइ सचिव, केबि जुम्ली सहसचिब, रामकृष्ण चौलागाइ कोषाध्य लगायतका २५ सदस्यीय राष्ट्रिय एकता अभियान गठन गरिएको संयोजक हिमालय खत्रीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्ने अधिकांश बक्ताले दुइ चिरा परेको नेकपा पार्टी एकिकरणका बिषयमा भनाइ राखेका थिए । त्यस्तै स्वागत मन्तब्य राख्दै केन्द्रीय कार्य सम्पादन सदस्य रामकृष्ण चौलागाइले पूर्व एमाले र पूर्व माओवादीका बिच २०७५ मा पार्टी एकता भएको थियो ।

नीति कार्यान्वयन गर्नु पर्छ भनेर चुनावि घोषणा पत्र बनाइयको थियो । बनाइएको घोषणा पत्र अनुरुपमा काम काम नभएको भन्दै देशमा एक आपसमा फुटेर पार्टीलाइ बिभाजन गरीएको भन्दै नेकपाका उपाअध्यक्ष्य बामदेव गौतमले अबधारणा पत्र निकाल्नु भएको छ । पधानमन्त्री केपि ओलि र प्रचण्डले आलो पालो गरेर सरकार चलाउने भनेर पार्टी समिकरण गर्नु भएको थियो । त्यस्तै केन्द्रीय सदस्य तथा पार्टी एकताका अभियान्ता नेर्बु लामाले बामदेव गौतमले गरेको काम प्रति खुसि भएको बताउनु भयो । एक आपसमा मिल्नु र पार्टी एकता गर्नु जनता र समाज प्रति गौतमले राम्रो काम गरेको भनि लामाले खुसि ब्यक्त गर्नु भएको हो ।

जुम्ला जिल्लामा नेकपा पार्टी सुरु गर्दा जम्मा ७ जना रहेको भन्दै उहाँले पार्टी एकता गर्न तर्फ लागेकोमा गौतमलाइ धन्यबाद समेत लामाले दिनु भएको छ । त्यस्तै अर्का अभियान्ता जित बहादुर महतका अनुुुुुुुुुुुुुुसार जनता जनमतलाई नेताले सदुपयोग गर्न नसकेको आरोप लगाउनु भयो । एक आपसमा फुटेर देशलाइ अस्थीरमा लागेका नेताहरुलाई कटाक्ष गर्दे उहाँले नेकपा मिलेर जानुको विकल्प नरहेको बताउनु भयो वैधानिक हिसाबले नेकपा नफुटेको भन्दै महतले नेकपा मिलेर गएरमा देश र जनताको हित हुने जानकारी गराउनु भयो ।

कार्यक्रमका सभाध्यक्ष नन्द बहादुर खत्रीका अनुसार यो अभियान नेपालका ७७ वटै जिल्लामा सुरु भएको बताउनु भयो । पार्टी एकता अभियानमा सहभागि हुन उहाँले सबै नेकपाका नेता तथा कार्यकर्तालाई आह्वान पनि गर्नु भएको छ । पदका कुर्चीको माया नगरी नेपाली जनताको हित र भलाइका लागि नेकपा पार्टी एक हुनु पर्ने खत्रीको भनाइ छ ।