
कालीवहादुर परियार, फाल्गुन १४ जुम्ला
फाल्गुन १३ जुम्ला । जुम्लाको तिला गाउँपालिका वडा नम्वर ६ सुडिमा स्थानीय किसानले पालेका लोकल कुखुराहरु धमाधम मर्न थालेका छन् । अहिले सम्म ३ हजार ३ सय भन्दा बढी लोकल कुखुरा मरेको स्थानीय प्रेमवहादुर रावतले बताउनु भयो । उहाँका अनुसार कुखुरा मर्ने क्रम नरोकिएको जानकारी गराउनु भयो । गाउँमा किसानहरुले पालेका कुराहरु सबै मरेर सकिएको उहाँको भनाइ छ ।
लोकल कुखुरा मर्नुको कारण पहिचान नभएको रावतको भनाइ छ । कुखुराहरु किन र कसरी मरे भन्ने बारेमा स्थानीयलाई जानकारी नभएको उहाँले बताउनु भयो । गाउँपालिका अन्तर्गत रहेको भेटेनरि शाखाबाट लगिएको औषधिले पनि काम नगर्दा कुखुराहरु धमाधम मरेका हुन् । धमाधम कुखुरा मरि रहेको हुनाले कुखुराको बिउ पनि सिदिने भन्दै स्थानीयले चिन्तामा व्यक्त गरेका छन् ।
गाउँमा रहेका कुखुरा मरेर सकिएको वडाध्यक्ष भक्तवहादुर रोकोयाले बताउनु भयो । घरेलु तथा मेडिलको औषधिले पनि काम नगरेको उहाको भनाइ छ । गाउँमा रहेका लोकल कुखुरा सबै मरि सकेको वडाध्यक्ष रोकायाको भनाइ छ । गाउँमा अब खोजेर पनि स्थानीय जातको कुखुरा भेटाउन गाह्रो भइ सकेको उहाँले बताउनु भयो । दुई हप्ता पहिले देखि कुखुरा मर्ने क्रम सुरु भएको रोकायाले बताउनु भयो ।
कहिले काँहि समस्या पर्दा कुखुरा बचेर गर्जाे टार्ने किसानहरुले पालेका कुखुरा धमाधम मरेको हुनाले किसानहरुलाई समस्या भएको उहाँको भनाइ छ । कुखुरा बचाउनको लागि गरिएका उपचारका सबै प्रयास असफल भएको वडाध्यक्ष रोकायाले जानकारी दिनुभयो ।