
नौरते नेपाली, फाल्गुन ९ जुम्ला
नागरिकलाई घरदैलोमै आधारभूत स्वास्थ्य सेवा दिनको लागि नेपाली सेनाले वृहत्त निःशुल्क स्वास्थ्य शिविर तथा विविध सचेतनामुलक कार्यक्रम गरेको छ । जुम्लाको गुठीचौर गाउँपालिका वडा नम्बर ३ मा रहेको शंकर बहुउद्देश्यि माविमा एक दिने स्वास्थ्य शिविर संचालन गरिएको हो । उपचारका लागि स्वास्थ्य संस्था सम्म पुगेर सेवा लिन नसक्ने नागरिकलाई लक्षित गरि नेपाली सेनाले स्वास्थ्य शिविर संचालन गरेको हो ।
एक दिने वृहत्त निःशुल्क स्वास्थ्य शिविरबाट झण्डै ५ सय जना गज्र्याङ्गकोटका स्थानीय नागरिकले स्वास्थ्य सेवा पाएका छन् । स्त्रीरोग र अन्य रोगका उपचार शिविर मार्फत गरिएको छ । शिविरमा उपचार गराउन पाउदा गज्र्याङ्गकोटका छुना रावल खुसी हुनु भएको छ । आँखा दुख्ने, शरीर दुख्ने र ज्वरो आउने समस्याबाट पिडित रावलले गाउँमै निःशुल्क सेवा पाउदा खुसी भएको प्रक्रिया दिनुभयो । गाउँमै नेपाली सेनाले स्वास्थ्य शिविर संचालन गरि सेवा उपलब्ध गराएकोमा उहाँले सेनालाई धन्यावद समेत दिनु भएको छ ।
शिविरमा उपचार गराउन पुगेका रिता बुढा, कृष्णवहादुर रावल, ललिता बुढा, निलो बुढा र बलवहादुर बुढा जस्ता गज्र्याङ्गकोटका स्थानीय नागरिक नेपाली सेनाले गरेको कामबाट निकै खुसी भएका छन । कुनै बेला सेनाको पोशाक लगाएको मानिस देखेर डराउने स्थानीय अहिले गाउँमै सोहि सेनाले स्वास्थ्य सेवा दिदा निकै खुसी भएका छन् । श्री नम्बर २४ बाहिनि अड्डा जुम्लाका सहायक रथी यामवहादुर सापकोटाले नेपाली सेना र नागरिकका बिचको सम्बन्ध प्रगाढ बनाउन स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनु भयो ।
चुलोचौकोमा सिमित हुने महिलाहरुले सानो तिनो विरामीको लागि स्वास्थ्य संस्थासम्म आउन सक्ने समय नहुने भएकाले उनिहरुलाई लक्षित गरि स्वास्थ्य शिविर संचालन गरिएको बताउनु भयो । सापकोटाका अनुसार नेपाली सेनाले गर्ने काम, सेनामा भर्ना हुन चाहने इच्छुक व्यक्तिका लागि सूचना दिन र विपद्को घडीमा सेनाले गर्ने कामलाई वृत्त चित्र मार्फत स्थानीयलाई जानकारी गराएको बताउनु भयो । नेपाली सेना जनताको पक्षमा रहेको हुनाले सेनाको पोशाकबाट नडराउन समेत उहाँले आम नागरिकलाई अनुरोध गर्नु भएको छ ।
नन्दबक्स गण जुम्लाका गणपति दियाकर रायमाझीले नागरिकको मनमा नेपाली सेनाप्रति रहेको डर हटाउँदै सम्बन्ध मजबुद्ध गर्ने उद्देश्य रहेको बताउनु भयो । शिविरले आधारभूत स्वास्थ्य समस्या हल गर्नको लागि गज्र्याङ्गकोट गाउँमा रहेको शंकर बहुउद्देश्यि माविमा वृहत्त निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको उहाँको भनाइ छ । आधारभूत स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर रहेका नागरिकलाई लक्षित गरि शिविर संचालन गरिएको रायमाझीले जानकारी गराउनु भयो।
गुठीचौर गाउँपालिका अध्यक्ष हरीवहादुर भण्डारीले नेपाली सेनाको सहयोगले गाउँमा स्वास्थ्य शिविर संचालन हुँदा सरकारलाई सहज भएको बताउनु भयो । शिविर संचालन गरि नागरिकको घरदैलोमै स्वास्थ्य सेवाको पहुँच पुराएकोमा उहाँले नेपाली सेनालाई धन्यवाद दिनु भएको छ । विपद् व्यवस्थापन, शान्ति सुरक्षा र विकास निर्माणमा नेपाली सेनाले गरेको काम स्वागतयोग्य रहेको भण्डारीको भनाइ छ । कामको व्यस्थताले स्वास्थ्य संस्था सम्म पुगेर सेवा लिन नसक्ने नागरिकलाई लक्षित गरि आयोजना गरिएको शिविरबबाट नागरिक खुसी भएको भण्डारीले प्रतिक्रिया दिनुभयो । आगामी दिनमा स्वास्थ्य सेवा र अन्य कामका लागि नेपाली सेनासँग समन्वय गर्ने भण्डारीका भनाइ छ ।
गुठीचौर गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष प्रेमवहादुर बुढाले नेपाली सेनाले जनताको लागि गरेको काम अनुकरणीय रहेको बताउनु भयो । स्थानीय सरकारले दिन नसकेको स्वास्थ्य सेवा सेनाले उपलब्ध गराएकोमा उहाँले धन्यवाद समेत दिनु भएको छ । नेपाली सेना प्रत्यक्ष जनतासँग रहेको सन्देश शिविरले दिएको उहाँको भनाइ छ । नागरिकसँगको प्रत्यक्ष कार्यक्रमले सेना र स्थानीयको सम्बन्ध अझ मजबुद्ध भएको बुढाले बताउनु भयो ।
श्री नम्बर २४ बाहिनी अड्डा, नन्दबक्स गण, श्री नम्बर २४ फिए गुल्म र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको विशेष सहयोगमा शिविर संचालन गरिएको हो । शिविर संचालन भएको शंकर बहुउद्देश्यि माविलाई नेपाली सेनाले खेलकुदका सामाग्री पनि उपलब्ध गराएको छ । नेपाली सेनाले सत्यवादि मावि दशैँदिमा विगत दुई वर्ष पहिले नमूना शौचालय निर्माण गरि हस्तान्तरण गरेको थियो । यस्तै कर्णाली मावि जुम्लामा नमूना भवन र बास्केट कोर्ट निर्माण गरि विद्यालयलाई बुझाएको छ । साथै नेत्रज्योति मावि हाँकुमा पनि नेपाली सेनाले भवन निर्माण ग िदिएको छ ।