
नौरते नेपाली, फाल्गनु ७ जुम्ला
जुम्ला गुठीचौर गाउँपालिका वडा नक्बर ३ गज्र्याङ्गकोटका स्थानीय र प्रहरीका बिच झडप हुँदा २ जना स्थानीय र ५ जना प्रहरी घाइते भएका छन् । स्थानीय र प्रहरीका बिच भएको दोहोरा झडप नियन्त्रणका लागि प्रहरीले ७ राउण्ड हवाइ फायरका साथै ८ राउण्ड अश्रृग्यास समेत प्रहार गरेको थियो । गज्र्याङ्गकोट गाउँ निवासी पृथ्वी बुढाका छोरा अन्दाजी वर्ष १३ का पदम बुढालाई मोबाइल चोरीको केशमा प्रहरीले अनुसन्धानको क्रममा कुटपिट गरी मृत्यु भएको भन्दै नारा जुलुस गर्दे आएका स्थानीय र प्रहरीका बिच झडप भएको हो । स्थानीयले नाबालकलाई प्रहरीले कुटेर मृत्यु भएको आरोप लगाएका छन् ।
गएको माघ महिनाको १८ गतेका दिन गाउँकै विशाल रावलको मोवाइल चोरीको ओरोपमा प्रहरीले मृतक नाबालक बुढा सहित रविन बुढा र विशाल भण्डारीलाई सोधपुच्छका लागि नियन्त्रण्मा लिएको थियो । प्रहरीको निगरानीमा रहेको बेला मृतक बालक पदम बुढालाई प्रहरीले लाठ्ठिले पैताला र तिर्खामा हानेको केहिदिन पछि नाबालक विरामी परी प्रतिष्ठानमा उपचार गराएको अभिभावक पृथ्वी बुढाले बताउनु भयो । फेरी अर्काे पटक उपचार गराउन प्रतिष्ठानमा ल्याउदा नाबालक बुढाको फाल्गुन ५ गतेका दिन मृत्यु भएको हो । मृतकका आफन्तले प्रहरीको कुटाईबाट आफ्नो छोरोको मृत्यु भएको दावी गरेका छन् ।
प्रहरीको बर्बर कुटाईबाट नाबालकको मृत्यु भएको भन्दै आफन्तले शव बुझन मानेका छैनन् । मृतक नाबालक सहित प्रहरीको नियन्त्रमा आएका दुईजनाका अनुसार प्रहरीले कुटेको र प्रहरीले पनि कुटेको स्वीकर गरि सक्दा पनि दोषिलाई कारबाहीको दायरामा नल्याइएको मृतकका आफन्त धनहादुर बुढाले बताउनु भयो । उहाँका अनुसार आफ्नो भतिजको मृत्यु प्रहरीको कुटाइबाट भएको बताउनु भयो । प्रहरीले कुट्नु भन्दा पहिले विरामी पनि नभएको र दुर्घ रोगी पनि नभएको हुनाले प्रहरीको कुटाइले नशाको रगत जाम भइ मृत्यु भएको भन्ने रिपोर्ट पाइसकेको मृतका आफन्तले बताएका छन् । यता जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख माधव प्रसाद काँफ्लेका अनुसार घटनाको विषयमा सत्य तथ्य पत्ता लगाउन र अनुसन्धान गर्नको लागि छानबिन समिति गठन गरिएको बताउनु भयो ।
मृतकका आफन्तलाई राहत उपलब्ध गराउनर घटनाको विषयमा अनुसन्धान गर्नको लागि समितिले गहृ मन्त्रालयमा अनुरोध गर्ने उहाँको भनाइ छ । पोष्टमार्टमको रिपोट आइ नसकेको हुनाले मृत्युको कारण खुली नसकेको डिएसपी काँफ्लेको भनाइ छ । मृतका आफन्तले गरेको ढुङ्गामुडाका कारण प्रहरीका कार्यालयमा क्षति पुगेको उहाँले बताउनु भयो । जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलिय बैठक विना निष्कर्ष टुंगिएको छ ।