
नौरते नेपाली, फाल्गुन ४ जुम्ला
कोभिड १९ बाट प्रभावित जुम्लाका १ सय ४७ जनालाई व्यवसाय विस्तारका लागि किर्डाक नेपाल जुम्लाले सहयोग गर्ने भएको छ । कोरोनाका कारणले गर्दा व्यवसायमा प्रभाव परेको हुनाले सहयोग गर्न लागिएको किर्डाक नेपाल जुम्लाले जनाएको छ । प्रति व्यवसायिलाई झण्डै ५० हजार बराबरको सहयोग गरिने किर्डाक नेपाल जुम्लाका कार्यक्रम अधिकृत महेन्द्रजंग शाहीले बताउनु भयो । पातारासी, गुठीचौर, तातोपानी गउँपालिका र चन्दननाथ नगरपालिका जुम्ला भित्रका १ सय ४७ जना व्यवसायिलाई सहयोग गर्ने तयारी गरिएको उहाँको भनाइ छ ।
सहयोग गरिने व्यवसायिकलाई व्यवसाय विस्तार तथा अभिवृद्धि सम्बन्धि विभिन्न ठाउँमा तालिमहरु संचालन गरेको शाहीले जानकारी दिनुभयो । खुद्रा पसल, सिलाई कटाई, बाख्रा पालन, कुखुरा पालन, होटल व्यवसाय, दुग्ध व्यवसाय, च्याउखेती र स्याउ नर्सरी व्यवसाय गरि रहेकाहरुलाई सहयोग गरिने उहाँको भनाइ छ । कोरोनाबाट सबै भन्दा बढी व्यवसायि क्षेत्रमा असर परेको हुनाले उनिहरुको उत्थानका लागि सहयोग गर्न लागिएको शाहीले बताउनु भयो । विभिन्न व्यवसायमा आवद्ध भएकाहरुलाई ५० हजार जतिका सामान सहयोग गरिने उहाँले जानकारी गराउनु भयो ।
व्यवसाय गरि रहेकाहरुको व्यवसाय विस्तार गर्नको लागि तालिमको योजना गरिएको हो । जुम्ला सदरमुकामा आयोजित तालिममा सहभागि चन्दननाथ नगरपालिका ३ का खोलिकोटका व्यवसायि सरस्वति बुढथापाले कोरोना कहरले थला परेको व्यवसायमा सहयोग पुग्ने बताउनु भयो । होस्टेल संचालन गर्दे आउनु भएका बुढथापाले व्यवसाय विस्तार गर्ने बताउनु भयो । कोरोनाले गर्दा घाटामा व्यवसाय गर्दे आइ रहेका व्यवसायिका लागि गरिने सहयोगले आम्दानीमा सहयोग गर्ने उहाँको भनाइ छ ।
अर्का व्यवसायि डबल वहादुर शाहीले तालिम पछि सहयोग गर्न किर्डाक नेपाल जुम्लालाई आग्रह गर्नु भएको छ । हाल गरि रहेको व्यवसायलाई विस्तार गर्दे व्यवस्थित तवरले गर्ने योजना रहेको उहाँले सुनाउनु भयो । वल्र्डभिजन इन्टरनेश्नल नेपालको साझेदारी र किर्डाक नेपाल जुम्लाको आयोजनामा तालिमको आयोजना गरिएको किर्डाक नेपाल जुम्लाले जनाएको छ ।