
नौरते नेपाली, फाल्गुन १ जुम्ला
आज दशौं विश्व रेडियो दिवस रेडियो कर्णाली जुम्लाले सरोकारवाला निकायलाई रेडियोले खेलेको भूमिका विषयमा फोनबाट अन्तरक्रिया कार्यक्रम गरेको छ । फोनमा सहभागिहरुले रेडियोले खेलेको भूमिकालाई सम्मान गर्दे आगामी दिनमा अझै प्रभावकारी रुपमा निर्वाह गर्न सुझाव दिएका छन् । आवाज विहिनको आवाज रेडियो भएको हुँदा ग्रामिण क्षेत्रका नागरिकको सारथी हुनु पर्ने निहरुले बताएका छन् ।
जिल्ला समन्वय समिति जुम्लाका उपप्रमुख कार्मा बुढाले रेडियो समाज रुपान्तरणका लागि जनमुखी भएर काम गर्न सुझाव दिनु भएको छ । उहाँले दुरराजमा रहेका नागरिकको आवाज बनि दिन पनि आग्रह गर्नु भएको छ । चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख कान्तिका सेजुवाले दबिएका आवाजलाई बाहिर ल्याउन आग्रह गर्नु भएको छ ।
समाज परिवर्तन र नागरिकलाई सूचना दिने काममा रेडियोको भूमिका महत्वपूर्ण रहेको उहाँको भनाइ छ । सेजुवालले समाजमा लुकेर रहेका भ्रष्टचारजन्य क्रियाकपालाई रेडियोले पर्दाफास गर्नु पर्ने बताउनु भएको छ । प्रत्येक नागरिकको घरमा सहजै सूचना र सन्देश पुराउने माध्यम रेडियो भएकाले यसको गरिमालाई अझै उच्च राख्न उहाँले अनुरोध गर्नु भएको छ ।
नयाँ विश्व, नयाँ रेडियो भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । संयूतm राष्ट्र संघको आहवानमा सन २०१२ देखि हरेक वर्ष फब्रुवरि १३ मा यो दिवश मनाउने गरिन्छ । अहिले नेपालमा सात सय भन्दा बढि रेडियो नियमित प्रसारणमा रहेका छन । विभिन्न संन्चार माध्यमको विकास भएपनि रेडियो सबैभन्दा प्रभावकारि माध्यम मानिन्छ । इन्टरनेटको पहुच नभएका विकट गाउहरुको लागि पनि सन्चारको प्रभावकारि माध्यम रेडियो नै हो ।
मनोरन्जन देखि विभिन्न कुराको जानकारि पनि रेडियोबाट नै प्राप्त हुने भएकाले नछुटाइ रेडियो सुन्ने गरेको चन्दनाथ नगरपालिका ३ बुढ्थवाडाका सरस्वति बुढथापाले बताउनु भयो । आफु महिला स्वयम सेविका भएको बताउदै उहाँले रेडियोबाट बज्ने स्वास्थ्यका कुरा आफ्ना लागि बढि प्रभावकारि भएको उहाँको भनाइ छ ।
चन्दननाथ नगरपालिका ४ मालाभिमा रहेको लोकमणी बहुपक्षि टर्की पालन फर्मका नारायण प्रसाद चौलागाले रेडियोबाट आधिकारी सूचना प्राप्त हुने भएकाले अधिकांश समय रेडियो सुन्ने गरेको बताउनु भयो । घरमा टिभि हुदा पनि रेडियो नै बढी सुन्ने गरेको उहाँको भनाइ छ ।
रेडियोको महत्व, योगदान र चुनौतीहरुको समीक्षा गरी विश्व रेडियो दिवस मनाइएको छ । नेपालमा राणा शासन अन्त्यका लागि संघर्षरत नेपाली कांग्रेसले वि.सं.२००३ सालमा रेडियोको प्रसारण सुरु गरेको थियो । औपचारिक रुपमा भने २००७ मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको मानिन्छ । अहिले सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालनका लागि इजाजत प्राप्त गर्ने एफएम रेडियोको संख्या देशभर ९०० हाराहारी छ । नियमित प्रसारणमा रहेका रेडियोको संख्या साढे ७०० भन्दा बढी छ । नेपालमा २०५२ सालदेखि निजी क्षेत्रबाट एफएम रेडियोहरुको प्रसारण भएको हो ।