स्याउका विरुवा विक्रि नहुँदा नर्सरी धनी चिन्तामा – Karnali News

स्याउका विरुवा विक्रि नहुँदा नर्सरी धनी चिन्तामा

 २२ माघ २०७७, बिहीबार १९:१५  

नौरते नेपाली, माघ २२ जुम्ला
जुम्ला गुठीचौर गाउँपालिका वडा नम्बर २ गुठीगाउँका अमर वहादुर बोहोरा र सुकवहादुर बोहोराले स्याउका विरुवा उत्पादन गर्न लागेको झण्डै पाँच वर्ष भयो । दुवै जनाको घर खर्च स्याउका विरुवा विक्रिबाट चल्दै आएको छ । तर, उहाँहरुले उत्पादन गरेको स्याउका विरुवा विक्रि नहुँदा यो वर्ष आम्दानीको कुरा त परको हो ? लगानी पनि खेर जान लागेको भन्दै चिन्ता थपिएको बताएका छन् । स्याउका विरुवा लगाउने सिजन आदा भइ सक्दा समेत नर्सरीबाट एउटा पनि विरुवा नझिएको उनिहरुले बताएका छन् । जन्नाखोला नर्सरी स्थापना गर्दे उहाँहरुले वर्षेनी राम्रो आम्दानी गर्दे आउनु चएको छ । वर्षमा १५ सय देखी ३ हजार सम्म स्याउका विरुवा उत्पादन गर्दे आएको किसान अमरवहादुर बोहोराले बताउनु भयो ।

आम्दानीको प्रमुख स्रोतका रुपमा लिइएको स्याउका विरुवा पछिल्लो समय विक्रि नहुँदा घरखर्च चलाउन निकै समस्या हुने गरेको उनिहरुले बताएका छन् । गत वर्ष र यो वर्षमा स्याउका विरुवा विक्रि नहुँदा हातमुख जोर्न पनि समस्या हुने नर्सरी धनी सुकवहादुर बोहोराले गुनासो गर्नु भयो । गरि खाने स्याउका विरुवा विक्रि नहुँदा एकसरो लुगा फाटो फेर्न पनि गाह्रो भएको उहाँको भनाइ छ । यो वर्ष उत्पादन गरेका झण्डै ४ हजार स्याउका विरुवा विक्रि नहुँदा चिन्ता थपिएको उहाँले जानकारी गराउनु भयो ।

गत वर्ष १५ सय स्याउका विरुवा विक्रि गरेको भन्दै उहाँले यो वर्ष हालसम्म पनि स्याउका विरुवा विक्री नभएको उहाँको भनाइ छ । स्याउका विरुवा हेरी ५० देखी ७० रुपैयाँ सम्म विक्रि गर्ने तयारीमा रहेको जानकारी गराउँदै उहाँले स्याउका विरुवा चाहिएका किसानहरुलाई सम्पर्क गर्न आग्रह गर्नु भएको छ । किसानले छानेर स्याउका विरुवा लिन पाउने नर्सरी धनी बोहोराको भनाइ छ । स्याउका विरुवा विक्रि नहुँदा उखेलेर फाल्नु पर्ने अवस्था आएको उहाँले बताउनु भयो । स्थानीय सरकारले स्याउका विरुवा खरीद नगर्दा झनै समस्या भएको बोहोराले जानकारी गराउनु भयो ।

यसैगरी
जुम्ला पातारासि गाउँपालिका वडा नम्बर ३ चौरगाउँका किसान तारावहादुर बोहोराले स्याउका विरुवा विक्रि नभएको भन्दै गुनासो गर्नु भएको छ । स्याउका विरुवा लगाउने सिजनमा विक्रि नहुँदा उत्पादन गरेको विरुवा खेर जाने भन्दै उहाँले चिन्ता व्यक्त गर्नु भएको हो । आफ्नै नर्सरीमा उत्पादनका गरेका ६ सय स्याउका विरुवा विक्रि नभएको किसान बोहोराले दुखेसो पोख्नु भएको छ ।

स्याउका विरुवा विक्रि नहुँदा उखेलेर फाल्नु पर्ने अवस्था आएको उहाँले बताउनु भयो । चौरगाउँका झण्डै १ दर्जन भन्दा बढी किसानले उत्पादन गरेको स्याउका विक्रि विक्रि नहुँदा आफुहरुले गरेको मेहन्त खेर जाने उहाँले बताउनु भएको छ । स्याउका विरुवाबाटै राम्रो आम्दानी गर्दे कृषिका क्षेत्रमा केहि गर्ने योजनाका साथ विरुवा उत्पादन गरेको पहिलो वर्षमा विक्रि नहुँदा दुख लागेको बोहोराले बताउनु भयो ।

पहिलो गासमै ढुङ्गा भने जस्तै उत्पादन गरेकै पहिलो वर्षमा स्याउका विरुवा विक्रि नहुँदा मेहन्त खेर गएको उहाँको भनाइ छ । पातारासि क्षेत्रलाई स्याउ पकेटका रुपमा विकास गर्नको लागि स्याउका विरुवा उत्पादनमा जोड दिएको उहाँले जानकारी गराउनु भयो । बोहोराका अनुसार प्रति विरुवा ३५ रुपैयाँमा किसानलाई उपलब्ध गराइने भएकाले नयाँ बगैँचा स्थापना गर्न चाहने किसानलाई सम्पर्क गर्न अनुरोध गर्नु भएको छ ।

प्राविधिक सल्लाह अनुसार स्याउका विरुवा उत्पादन भएको बताउँदै उहाँले खेर फाल्नु भन्दा सस्तोमा किसानलाई विरुवा दिने तयारी गरेको जानकारी गराउनु भयो । आफु जस्तै अन्य किसानहरुले गरेको मेहन्त खेर गएको भन्दै बोहोराले स्थानीय सरकारले पनि किसानहरुको मेहन्त बुझन नसेको गुनासो गर्नुभयो । चौर गाउँका गोविन्द रावत र गोर्खवहादुर बोहोरा लगायतका झण्डै एक दर्जन किसानले उत्पादन गरेका स्याउ विरुवा विक्रि नभएको बोहोराले बताउनु भयो ः