नयाँ बसपार्क संचालनका विषयमा छलफल – Karnali News

नयाँ बसपार्क संचालनका विषयमा छलफल

 १९ माघ २०७७, सोमबार ०७:४५  

नौरते नेपाली, माघ १९ जुम्ला
बसपार्क संचालनका विषयमा सरोकारवाला निकाय र चन्दननाथ नगरपालिकाका बिच आइतबार छलफल भएको छ । यातायात व्यवसायि, चन्दननाथ नगरपालिका र अन्य व्यक्तिहरुका बिचमा छलफल भएको हो । चन्दननाथ नगरपालिका र राराछायाँनाथ यातायात प्रालिका बिच शुल्क उठाउने विषयमा सम्झौता भए अनुसार यातायाता व्यवसायिबाट चर्काे भाडा असुल गरीएको भन्दै विवाद भएको छ । सोहि विवादलाई निरुपण गर्नको लागि यातायात व्यवसायि र नगरपालिका बिच छलफल भएको छ । लामो दुरीमा चल्ने ठुला सवारीबाट ५ सय, साना सवारीबाट ३ सय र छोटो दुरीमा चल्ने साना सवारीबाट २ सय र ५० रुपैया शुल्क उठाउने विषयमा नगरपालिकाले कार्यविधि बनाएको छ ।

चन्दननाथ नगरपालिका जुम्लाले बसपार्क संचालन कार्यविधि २०७७ जारी गर्दे सवारी सधानबाट कर तिराउने नीति पास गरेको छ । कर उठाउने जिम्मेवारी पाएको राराछायाँनाथ यातायाता प्रालिले नियमित कर उठाएमा महिनामा ५ देखि ७ लाख रुपैयाँ संकलन हुने र त्यसमा नगरपालिकाले ८२ हजार रुपैयाँ मात्रै पाउने देखिएको छ । अहिले सम्म कर उठाउने जिम्मेवारी पाएको राराछायाँनाथ यातायाता प्रालिले शुल्क भने उठाउन पाएको छैन् ।

माघ १ गतेदेखि शुल्क उठाइने सम्झौता भएपनि यातायात व्यवसायिहले सेवा बन्द गरेपछि शुल्क उठाउने काम रोकिएको हो । व्यवसायिकलाइ घाटा गरी प्रालिका व्यक्ति पोसिने गरिएको भएको सम्झौताको चर्काे विरोध भएको छ । तिला कर्णाली यातायात व्यवसायिक संघ जुम्लाका अध्यक्ष मीनवहादुर थापाका अनुसार नगरपालिकाले यातायात व्यवसायिको ढाड सक्ने गरी कर उठाउन सुरुवात भएपछि विरोध गरिएको बताउनु भयो । नगरपालिकाले गरेको निर्णय नसच्चिएसम्म व्यवसायिले चर्काे कर नतिर्ने उहाँको भनाइ छ ।

साथै उहाँले कार्यविधि नगरपालिकाले पछि बनाएको भन्दै त्यो भन्दा पहिले सम्झौता गर्न नमिल्ने जानकारी गराउनु भयो । कार्यविधि बनि सके पछि मात्रै बसपार्क संचालनका विषयमा सम्झौता गर्नु पर्नेमा नगरपालिकाले उल्टो काम गरेको थापाको भनाइ छ । कारागार नजिकै रहेको नयाँ बसपार्कमा भवन बाँहेक अन्य पूर्वाधार नभएको हुनाले तत्कालका लागि समस्या रहेको उहाँको भनाइ छ । पहिलो पटक यातायात व्यवसायिले गरेको आन्दोलनमा नगरपालिका लचक भएकै कारण फिर्ता गरिएको भन्दै थापाले पुन पनि आन्दोलन गर्नु पर्ने अवस्था आउन सक्ने जानकारी गराउनु भयो ।

यता चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज पौडेलले सबैको राय अनुसार कर उठाउने विषयमा नगरपालिकाले थप निर्णय गर्ने बताउनु भयो । नगरपालिकाले गरेको निर्णय र बसपार्क संचालन सम्बन्धि कार्यविधिका आधारमा शुल्क उठाउने विषयमा छलफल भएको उहाँले जानकारी गराउनु भयो । राजमार्गबाट सवारी साधन छुटाउन नहुने भन्दै उहाँले सम्बन्धित ठाउँबाट सवारी छुटाउन यातायाता व्यवसायिलाई अनुरोध गर्नु भएको छ । नगरपालिकाले गरेको अनुरोधलाई वेवास्ता गर्न खोजी समस्या हुने उहाँको भनाइ छ ।