
नौरते नेपाली माघ १० जुम्ला
संसद विघटनका विरुद्धमा जुम्लामा दाहाल नेपाल पक्षले शनिबार गरेको मोटरसाइकल र्यालीमा सरकारी प्लेट नम्बर भएका दुईवटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । क १ ब ५५ र क १ ब १३९ नम्बरका दुइ वटा सरकारी प्लेट नम्बर भएका मोटरसाइक नियन्त्रणमा लिईएको जिल्ला ट्रयाफिक कार्यालय जुम्लाले जनाएको छ । सरकारी प्लेट नम्बर भएका मोटरसाइकलमा राजनीतिक झण्डा हालिएको हुनाले नियन्त्रणमा लिईएको जिल्ला ट्रयाफिक कार्यालय जुम्लाका प्रहरी हवल्दार कुसराज शाहीले जानकारी गराउनु भयो ।
सार्वजनिक विदाका दिन सरकारी प्लेट नम्बर भएका मोटरसाइकलमा झण्डा हालिएको हुनाले नियन्त्रणमा लिईएको उहाँले बताउनु भयो । सरकारी नम्बर प्लेट भएका मोटरसाइकलमा राजनीतिक पार्टीको झण्डा फहराइएका थिए । शनिबारका दिन सरकारी नम्बर प्लेट भएका मोटर साइकल चलाउन नपाइने व्यवस्था भएपनि राजनीतिक झण्डा हालेर र्यालीमा मोटरसाइकल कुदाएका छन् ।
कालो कपडाले नम्बर प्लेट छोपेर मोटरसाइकल र्यालीमा कुदाईएका थिए । सरकारी प्लेट नम्बर भएका सावरी साधान खुल्याम रुपमा राजनीतिक झण्डा हालेर र्यालीमा कुदाईएको भन्दै सर्वधारणले आलोजना समेत गरेका छन् । सरकारको प्रतिगमनका विरुद्धमा शनिबार जुम्लामा दाहाल नेपाल पक्षले मोटरसाइकल र्याली गरेको छ । गएको पुष ५ गतेका केपी ओली सरकारले गरेको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा मोटर साइकल र्याली गरिएको नेकपाको दाहाल नेपाल पक्षले जानकारी गराएको छ ।
नेपाली जनताले आन्दोलनबाट प्राप्त गरेको अधिकारको रक्षा गर्नको लागि सडक आन्दोलन मार्फत सरकारलाई दबाब दिन खोजिएको नेकपाले जनाएको छ । जुम्लाको सदरमुकाम खलंगा हुदै नाग्मा बजार सम्म संसद विघटन विरुद्ध मोटरसाइकल ¥याली प्रदर्शन गरिएको नेकपा जुम्लाका पार्टी अध्यक्ष विरवहादुर कुँवरले बताउनु भयो । मोटरसाइकल र्याली पश्चात आयोजिक कार्यक्रमलाई सम्बोधन गर्दे पूर्व सांसद देविलाल थापाले सरकारले चालेको गलत कदमका विरुद्ध नागरिक जागेको बताउनु भयो । नेपाली जनताले दिएको बुहमतलाई केपी ओलीको सरकारले अपमान गरेको उहाँले आरोप लगाउनु भयो ।