कानुन मन्त्री भण्डारीले पर्वतिय प्रहरी प्रर्वद्धन प्रतिष्ठान स्थापनाको स्थलगत सम्भाव्यता अध्यन गरे – Karnali News

कानुन मन्त्री भण्डारीले पर्वतिय प्रहरी प्रर्वद्धन प्रतिष्ठान स्थापनाको स्थलगत सम्भाव्यता अध्यन गरे

 ६ माघ २०७७, मंगलवार १३:२८  

गोल्डेन बुढा माघ ६ गते पर्वतिय प्रहरी प्रर्वद्धन प्रतिष्ठान स्थापनाको लागि स्थलगत सम्भाव्यता अध्यन गर्न कानुन मन्त्री भण्डारी सहितको एक टोली जुम्लामा पुगेको छ।कर्णाली प्रदेशका १० जिल्लालाई लक्षित गर्दै पर्वतिय प्रहरी प्रर्वद्धन प्रतिष्ठान स्थापनाको लागि उक्त टाली जुम्लको नामिडाँडामा सम्भाव्यता अध्यन गर्न पुगेको हो।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, कर्णाली प्रदेश सभा सदस्य पदमबहादुर रोकाया,कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी बसन्त पन्त,प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा,सशस्त्र प्रहरीका डिएसपी गगन श्रेष्ठ,नेपाल प्रहरीका डिएसपी माधवप्रसाद काफ्लेले लगायत सरोकारवालाको टोली सिंजा गाउँपालिका वडा नम्वर एकको डिग्रागाउमा पर्ने नागिडाँडामा स्थलगत सम्भाव्यता अध्यायन पुगेको थियो।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले समग्रह कर्णालीको समृद्धिको लागि पर्वतिय प्रहरी प्रर्वद्धन प्रतिष्ठान स्थापना गर्ने बताउनु भएको छ ।

खसभाषाको उत्पति भएको सिंजामा बिकास गर्न जरुरी रहेको भण्डारीको भनाइ छ । सिंजा क्षेत्रको विकास गर्नै लागि पर्वतिय प्रहरी प्रर्वद्धन प्रतिष्ठान स्थापना गर्न लागिएको बताउनु भयो।सिंजा क्षेत्रको बिकासका लागी प्रदेश सरकारको ध्यान केन्द्रित भएको बताउनु भयो ।

यस क्षेत्रको भौगोलीकको बिस्तृत अध्यायन गर्ने आएको जानकारी दिनु भएको छ ।पर्वतिय प्रहरी प्रर्वद्धन प्रतिष्ठान स्थापना गर्ने निश्चत मापदण्डहरु तोकिएका छन ।तोकिएको मापदण्ड पुरा भएको खण्डमा सिंजा क्षेत्रमानैप्रहरी तालिम केन्द्र स्थापना गर्ने त्यस क्षेत्रका जानतालाइ आश्वासन दिनुभएको थियो।

जुम्लाको बिकासको बलियो खम्बा भनेर चिनिने मन्त्री भणडारी,जिल्लाको बिपद् जोखिम,खानेपानीका समस्या, भौतिक संरचनाको अबस्था लगायतका बिषयमा सरोकारवाला बिचको छफफलमा जुट्ने गरेका छन।मन्त्री भण्डारी यतिबेला जुम्लाको ग्रामीण बस्ती बस्तीमा पुग्न थाल्नु भएको छ। त्यहाँका नागरिकका समस्या बुझ्न र गुनासा सुन्न उहाँले गाउँबस्तीमा पुगेको बताउनु भयो ।

देश संघीयतामा गएसँगै आफ्नो गाउँको समृद्धिका लागि नेकपा आवश्यक रहेको उहाँको दाबि छ ।उहाँका अनुसार प्राकृतिक हिसावले धनी र भौगोलिक हिसाबले पछाडि परेको जुम्लाको विकासका लागि कर्णाली प्रदेशसरकार लागी परेको छ ।

कसैले आरोप लगाउँदैमा नेकपाको सरकार नागरिकको विकास र मुलुकको समृद्धिका लागि पछि नहट्ने दाबि गर्नु भयो ।नागरिककै विकास र समुद्धिका लागि आएको सरकार भएको भन्दै नेकपाको सिद्धान्त ,ब्यक्तिमुखी नभएर नागरिकमुखी भएको जिकिर गर्नु भएको थियो ।