प्रशासनद्धारा सिँजा क्षेत्रका १२ जना विपन्नलाइ न्यानो कपडा – Karnali News

प्रशासनद्धारा सिँजा क्षेत्रका १२ जना विपन्नलाइ न्यानो कपडा

 ६ माघ २०७७, मंगलवार १३:१२  

गोल्डेन बुढा माघ ६ गते जिल्ला प्रशासन कार्यालय जुम्लाले जाडोबाट बचाउन न्यानो कपडा वितरण गरेको छ।हिमपात तथा अत्याधिक जाडोवाट बचाउन न्यानो कपडा वितरण गरिएको हो।विपद पूर्व तयारी स्वरुप सिँजा क्षेत्रमै पुगेर न्यानो कपडा कम्बल ज्याकेट वाडिएको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जानकारी दिनुभएको छ।

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले जुम्लाको माइनस डिग्रीको चिसोका दैनिकी विताउदै आएका यहाँका नागरिकलाई प्रशासन कार्यालयले उपलब्ध गराएको न्यानो कपडाले राहत मिल्ने बताउनुभयो।स्थानीय प्रशासन विपन्न नागरिकका लागि संवदेनशिल रहेको उहाँको भनाइ छ ।

अव यस्ता कार्यक्रम स्थानीय सरकारले पनि गर्न जरुरी रहेको भण्डारीको भनाइ छ ।विपन्न नागरिकको गाँसबास कपासको ग्यारेन्टी गर्नु राज्यको दायित्व हुने उहाँले जानकारी दिनुभयो ।त्यो दायित्व जुम्ला प्रशासनले गरेको कानुनमन्त्री नरेश भण्डारीले जानकारी दिनु भएको छ । चिसो मौसममा न्यानो गर्नका लागी कपडाको जोहो गर्न नसक्ने नागरिकका लागी कम्वल र ज्याकेट दिनु राम्रो कार्य भएको भन्दै खुसि लागेको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी थापाले प्रशासनले कठयांग्रिदो जाडोमा थुरथुर काँपेर रात विताउन बाध्य नागरिकका लागी न्यानो कम्बल र जकेटले राहतको अनुभुति दिलाउने बताउनु भयो।जिल्ला प्रशासन कार्यालय जुम्लाले विपद कोषबाट विपन्न नागरिकका लागि कम्वल र ज्याकेट वितरण गरेको हो।

जसलाई राज्यको सहयोग आवश्यकता छ उनीहरुको पहिचान गरेर न्यानो कपडा उपलब्ध गरिएको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिनुभयो ।अव सरकारले मात्रै सम्भव नहुने भन्दै प्रमुख जिल्ला अधिकारी थापाले नागरिक स्तरबाटै सहयोगी भावना जागृत हुनुपर्ने जानकारी दिनुभयो।नागरिक नागरिकबीच हुनेले नहुनेलाई साथ दिने कार्यको थालनी जरुरी देखिएको छ ।

यो बेला सहयोगी भावनाको जरुरत देखिएको प्रमुख जिल्ला अधिकारी थापाले बताउनुभएको छ।सिँजा क्षेत्रका १२ जना विपन्न नागरिकलाई गाउँमै पुगेर न्यायो दिइएको थियो।

कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारी,कर्णाली प्रदेश सभा सदस्य पदमबहादुर रोकाया,कर्णाली प्रदेशका प्रहरी प्रमुख डिआइजी बसन्त पन्त,प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा,सशस्त्र प्रहरीका डिएसपी गगन श्रेष्ठ,नेपाल प्रहरीका डिएसपी माधवप्रसाद काफ्लेले विपन्न नागरिकलाई राहतस्वरुप न्यानो कपडा हस्तान्तरण गरेका हुन्।आफुहरुले न्यायो कपडा पाउदा निकै खुसि भएको प्रतिक्रिया विपन्न नागरिकले दिएका थिए।