कृषिमा १ करोड वजेट छुट्याइएको अध्यक्ष रावतको भनाइ – Karnali News

कृषिमा १ करोड वजेट छुट्याइएको अध्यक्ष रावतको भनाइ

 ५ माघ २०७७, सोमबार १९:५३  

गोल्डेन बुढा माघ ५ गते  युवा रोगजार, रैथाने बाली संरक्षण र बाँझो जग्गा उपभोग गरी कृषिमा आत्मनिर्भर बन्नका लागि कनकासुन्दरी गाउँपालिकाले १ करोड रुपैयाँ खर्च गर्ने भएको छ । कृषिका सम्भावनालाई अवसरमा रूपान्तरण गर्ने गरी बजेटको व्यवस्थापन गरेको हो । यहाँको सम्भावनाको क्षेत्र भनेकै कृषि क्षेत्र भएको गाउँपालिका अध्यक्ष नरवीर रावतको भनाइ छ ।

सिँचाइ, मल, बिउ आपूर्तिका साथै व्यावसायिक योजना बनाएर कृषिमा बजेट खर्च गर्ने तयारी रहेको बताइएको छ । युवा रोजगारी, अर्ग्यानिक रैथाने बालीको संरक्षण, बाँझो जग्गाको सदुपयोग हुने गरी कृषि क्षेत्रमा बजेट खर्च गरिने जानकारी दिनुभएको छ । कृषि क्षेत्रमा पनि ओखर खेतीलाई प्रथामिकता दिएर काम गर्ने योजना बनाएको अध्यक्ष रावतले जानकारी दिनु भयो ।

कनकनसुन्दरीमा ओखर खेतीका लागि उपयुक्त जग्गा धेरै रहेको छ । अन्य खेतीभन्दा ओखर खेतीमा दुस्ख धेरै नहुने तर आम्दानी धेरै हुने र कृषकलाई व्यावसायिक ओखर खेतीलाई प्राथमिकता दिएर बजेट खर्च गरिने जानकारी गराउनु भयो । कनकासुन्दरीकी उपाध्यक्ष उर्मिला खत्री भण्डारीले चालू आर्थिक वर्षमा पालिकाले ७० लाख र जलवायु अनुूुलनका लागि लापा संस्थाले ४० लाख गरी १ करोड १० लाख रुपैयाँ बजेट कृषिमा विनियोजन भएको बताउनु भयो ।

१ करोड १० लाख रुपैयाँका कृषि कार्यक्रम कसरी संचालन गर्ने भन्नेबारे योजना बनाई अधिकांश किसानबीच सम्झौता भइसेकेको उहाँले जानकारी दिनु भयो । व्यावसायिक ओखर खेतीलाई प्रथामिकता दिँदै बाख्रा पालन, कुखुरा पालन, व्यावसायिक तरकारी खेतीलगायतका क्षेत्रमा बजेट छुट्याएको उहाँको भनाइ छ ।

कनकासुन्दरी गाउँपालिकाले आफ्नो साढे ३ वर्षे कार्यकालमा लक्ष्यअनुसारका पूर्वाधार विकास गर्न नसकेको समेत बताइएको छ । सडक, खानेपानी,सिँचाइ, विद्यालय भवन,वडा भवन, बिजुलीको विकास भए पनि लक्ष्यअनुसार द्रुत विकास नभएको हो ।पालिकामा करोडौँ बजेट आउने भन्दै अध्यक्ष रावतले बताउनु भयो छ ।