सिंजा ६ जोडुका महिलाहरु सहकारी बाट आत्मभिर्नर बन्दै – Karnali News

सिंजा ६ जोडुका महिलाहरु सहकारी बाट आत्मभिर्नर बन्दै

 ५ माघ २०७७, सोमबार १९:२८  

गोल्डेन बुढा माघ ५ गते आर्थिक अवस्था कमजोर भएका जुम्लाका महिलाहरुलाई सहकारीले आत्मनिर्भर बनाएको छ । सिंजा गाँपालिका वडा नम्वर ६ जोडुमा रहेको महादेव जनसेवा कृषि उत्पादक कृषक समुहबाट न्यूनतम व्याजदरमा ऋण लिएर महिलाहरुले आयआर्जनको काम गरेर आत्मनिर्भर बनेका हुन् । सो सहकारीले बनाएको समूहमा आबद्ध भएर मासिकरुपमा बचत गर्दै महिलाहरुले सहकारीबाट ऋण लिएर आयआर्जनका काम गरेका छन् ।

सो सहकारीमा आबद्ध मध्ये ३ देखि ५ जना महिलाहरुले तरकारी खेती, व्यापार, भेडाबाख्रा पालन लगायतका उत्पादनशील काम गर्दै आएको महादेव जनसेवा कृषि उत्पादक कृर्षक समुहका अध्यक्ष दलवहादुर बुढाले जानकारी दिनु भएको छ । सहकारीमा आबद्ध नहुँदा घर चलाउन मुस्किल हुने महिलाहरुको आयआर्जनकै कारण जीवनशैलीमा समेत परिर्वतन भएको उहाँको भनाइ छ ।

आफै कमाएर परिवारलाई पनि धानेका छन् । भने दुईचार रुपैयाँ बचत गर्न समेत सफल भएका अध्यक्ष बुढाले बताउनु भयो । महादेव जनसेवा कृषि उत्पादक कृर्षक समुहबाट ऋण लिएर काम सुरू गरेका अधिकांशको जीवनमा केही न केही परिर्वतन आएको उपाध्यक्ष बेल्कौरा बुढाले बताउनु भएको छ । अहिले महिलाहरुले मासिक १५ हजार रुपैयाँ सम्म आम्दानी गर्ने गरेको बताउनु भयो । समुह बाटै ४० हजार ऋण लिएर मुनवहादुर बुढाले तरकारी खेती र व्यापार सुरु गर्नु भएको छ ।

पहिला एक रुपैयाँ पनि आम्दानीको श्रोत नभएका बुढालाइ आजभोलि मासिक ५हजार रुपैयाँ कमाउने गरेका छन्।सहकारीले बचत गर्न,कमाउन सिकाएको मुनवहादुर बुढाको भनाइ छ । २०७३ साल वैशाख १ गते स्थापना भएको सो महादेव जनसेवा कृषि उत्पादक कृर्षक समुहले कृषितर्फ पशुपालन, तरकारी खेती, राडिपाखी व्यापार, व्यापार र वैदेशिक रोजगारीको लागि पनि आफ्ना सेयर सदस्यहरुलाई ऋण लगानी गर्दै आएको छ ।

महिलाहरुलाई संगठित गर्दै उनीहरुको विकासका लागि महिलाहरुले नै सञ्चालन गरेको सो कृषि उत्पादक कृर्षक समुहले साविकको शनिगाउँ गाविसका सहकारी मध्ये नमुना सहकारीको रुपमा विकास भइरहेको सचिव जोबना बुढाको दाबि छ ।

३० हजार ऋण लिएर सेरवहादुर बुढाले बाख्रा पालन गरेका छन । भने ९० हजार ऋण लिएर धर्मचन्द्र बुढाले जुम्ला वजारमा किराना पसल गर्दै आउनु भएको छ ।२ सय ४८ जना सेयर सदस्य मध्ये अधिकांश विपन्न परिवारहरु रहेका छन् । जसमा ६८ पुरुष ६७ महिला,५८ बालिका र ५५ जनाले बालबचत गर्ने गरेका छन ।पूरुष र महिलाले एक सय रुपैयाँ बचत गर्ने गरेका छन् । भने बालबचत मासकि ५० रुपैँया उठाउने गरिएको महादेव जनसेवा कृषि उत्पादक कृर्षक समुहले जनाएको छ ।

आफूले नै समूहमार्फत बचत गरेको पैसा सरकारीमा जम्मा गरेर सशेयर दस्यहरुले त्यहीँबाट ऋण सहयोग लिएर आयआर्जनको काम गरिरहेका छन् । ऋण प्रवाह गर्दा समुहले सस्तो दिने गरेको छ। अन्य सहकारीले २ रुपैँया देखि ५ रुपैँया सम्म ऋण दिने गरेका छन । महादेव जनसेवा कृषि उत्पादक कृर्षक समुहले ८ लाख ७० हजार २ सय आम्दानी गरेको गर्न सफल भएको अध्यक्ष दलवहादुर बुढाले जानकारी दिनुभयो । यस्तै समहुले ५ लाख ७५ हजार ऋण लगानी गरेको छ।भने २ लाख ९५ हजार २ सय मौज्दात रहेको उहाँले बताउनु भयो । आपत विपद् परेका वेला सहज रुपमा ऋण पाउने भएपछि त्यहाका महिलाहरुको मोह अहिले जनसेवा कृषि उत्पादक कृर्षक समुहमा बढ्ेको छ।प्रत्येक महिना ५ गतेका दिन आफनो बचत आफै उठाउन कार्यलयमा जाने गरेका छन ।

कार्यलयको भवन निमार्ण गर्दा शेयर सदस्यहरुले जनश्रमदान गरेका थिए।ग्रामिण क्षेत्रका महिलाहरु विभिन्न सहकारीमा आबद्ध भएर घरायसी स्वरोजगार मूलक व्यवसाय गर्न थालेपछि घरयासी आर्थिक समस्याको गर्जो टार्न कसैलाई गहार्नुपर्ने अवस्थाको अन्त्य भएको छ।महिलाहरुमा आएको जागरुकता, भावनात्मक एकता र बचत गर्ने बानीले आत्मनिर्भताको ढोका खुलेको छ ।