बन्द भएका यातायात सेवा शनिबार आजबाट सुचारु – Karnali News

बन्द भएका यातायात सेवा शनिबार आजबाट सुचारु

 ३ माघ २०७७, शनिबार २०:१३  

नौरते नेपाली माघ ३ गते नगरपालिकाले चर्काे कर लगाएको भन्दै बन्द भएका यातायात सेवा शनिबार आजबाट सुचारु गरिएको छ । यातायात व्यवसायि र चन्दननाथ नगरपालिका बिच सहमति भएपछि बन्द गरीएको यातायात सेवा सुरु गरिएको हो । नगरपालिकाले ठुला बसलाई चार सय र साना बसलाई तिन सय रुपैयाँ कर लगाएपछि यातायात व्यवसायिहरुले चर्काे कर तिर्न नसक्ने भन्दै माघ १ गतेका दिन देखि जुम्लामा लामो तथा छोटो दुरीका सेवा बन्द गरेका थिए ।

राजधानीमा मेयर कान्तिका सेजुवाल र यातायात व्यवसायिका बिच सम्झदारी भएपछि माघ २० गतेका दिनसम्म पहिले जस्तै सेवा संचालन गर्ने र त्यस पछि अर्काे निर्णय गर्ने सहमति भएपछि यातायात सेवा सुरु गरिएको तिला कर्णाली यातायात व्यवसायि संघ जुम्लाका अध्यक्ष मीनवहादु थापाले बताउनु भयो ।

नगरपालिकाले बसपार्कलाई व्यवस्थित गरेमा यातायात व्यवसायिलाई मार नपर्ने गरी कर लगाउने विषयमा सहमति भएको उहाँको भनाइ छ । दुई दिनदेखि बन्द रहेको सेवा अर्काे सहमति नहुन्जेलसम्म संचालन गर्ने शर्त भएको थापाले बताउनु भयो ।

यातायात व्यवसायीहरुले गरेको आन्दोलनको सुनुवाई नभएको भन्दै जुम्लामा दुई दिन सेवा बन्द गरिएको थियो । नयाँ बसपार्कमा उचित सुरक्षा, शौचालय घेरवार, पर्खाल, पिउनेपानी बत्ति, चमेनागृह समेत नभएकाले व्यवस्थापनका लागि नरपालिकासँग आग्रह गरिएको छ ।