
गोल्डेन बुढा माघ ३ गते प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको चन्दननाथ नगर समितिले चन्दननाथ नगरपालिकामा केपी ओली सरकारको जनविरोधी कदमको विरोध गर्दै प्रर्दशन गरेको छ । संसद विघटनको असवैधानिक कदमको खारेजी गर केपी ओलीको तानाशाहा निरंकुशतावादी शैली मुर्दावाद भन्ने नारा लगाउदै चन्दननाथ नगरपालिकामा विरोध प्रर्दशन गरेको हो ।
वर्तमान कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर तानाशाहा शैलीको प्रर्दशन मात्र नगरेर संविधानलाई नै लत्याएर स्वघोषित महाराज बन्न खोजेको आरोप विरोध प्रर्दशनमा सहभागी कांग्रेस कार्यकर्ताले लगाएका छन । केपी ओली भ्रष्टचार कुशासक र अधिनाकवादी समेत आरोप विरोध सभामा बोल्ने अधिकांश कार्यकर्ताको थियो । नेपाली कांग्रेस केन्द्रिय समितिको कार्यक्रम अनुरुप देशभरका ७ सय ५३ ओटै स्थानीय तहमा असंवैधानिक कदमको विरोध गर्ने कार्यक्रम अनुरुप जुम्लामा पनि प्रदर्शन गरिएको नेपाली कांग्रेस चन्ददनाथ नगर समिति जुम्लाले जनाएको छ ।
नगरका ग्रामीण बस्तीहरुबाट आएका कांग्रेस कार्यकर्ताले सर्वसत्तावाद ओली सरकार मुर्दावाद, भ्रष्टचारी सरकार मुर्दावाद संसद विघटनको असवैधानिक कदम खारेज गर भन्ने नारा लगाउदै पार्टी कार्यालय बाट निकालीएको र्याली जुम्ला बजार परिक्रमा गरि बालमन्दिरमा आएर विरोध कोण सभाको आयोजना गरेका थिए । नेपाली काँग्रेसका पार्टी सचिव कार्मा बुढाले नेपाली जनताको आन्दोलनबाट प्राप्त गरेको संघीय लोकतान्त्रिक साशन व्यवस्थालाई संस्थगत गर्नुको सट्टा संघीय संसद नै विघटन गरेर संविधान र संघीयताको नै हत्या गरेको आरोप लगाउनुभयो ।
भ्रष्टचार कुशासन अधिनायकवादी शैली अपनाउदै दमनकारी नीति अख्तियार गदै तानाशा र हिटलर प्रवृति अपनाएर अधिनायकवादी तरिकाले ओली अगाडि बढिरहेको उहाँले बताउनु भएको थियो । जुम्ला अन्य ७ वटा गाउँपालिकामा पनि विरोध गर्दै प्रर्दशन गरेको जानकारी दिनु भयो । काँग्रेसले माघ ८ गते ६ हजार ७ सय ४३ वडामा विरोध प्रदर्शन गर्ने घोषणा गरेको थियो ।
यसअघि कांग्रेसले दोस्रो चरणको आन्दोन अन्तर्गत गत पुस २५ गते तीन सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो । यस्तै पहिलो चरण अन्तर्गत गत पुस १३ गते एक सय ६५ निर्वाचन क्षेत्रमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको थियो ।