विपद्मा परी मृत्यू भए दुई लाख दिइने भण्डारीको भनाइ – Karnali News

विपद्मा परी मृत्यू भए दुई लाख दिइने भण्डारीको भनाइ

 २ माघ २०७७, शुक्रबार १३:५४  

गोल्डेन बुढा माघ २ गते

कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशका सवै नागरिक र राष्ट्रसेवक कर्मचारीहरुको बीमा सुरक्षित गरिएको बताउनु भएको छ ।

२३ औ भुकम्प सुरक्षा दिवसको अवसरमा जुम्लामा आयोजित कार्यक्रममा मन्त्री भण्डारीले कर्णाली वासीका सवै नागरिकको बीमाको कार्यक्रम राहत स्वरुप बीमा अगाडि बढाईएको बताउनुभयो ।

कर्णालीका कोही पनि नागरिक विपतबाट मृत्यू भएमा दुई लाख रकम दिने बीमा प्याकेज प्रभावकारी र नमूना भएको जानकारी दिनुभयो ।आन्तरिक मामिला तथा कानून मन्त्रालय अन्तरगत विपद्मा मृत्यू भएमा दुई लाखका दरले रकम उपलब्ध गराउने कार्य कार्यान्वयन भएको जानकारी गरिएको छ ।

मन्त्रालयले राष्ट्रिय बीमा कम्पनी सँग बीमा सम्झौता भईसकेकाले कार्यान्वयन शुरु भएको जानकारी गरेको छ । कर्णाली प्रदेशमा बिपतमा घर भत्केमा एक लाख रुपैया पाउने व्यवस्था गरिएको १३ सय घरलाई एक लाख रकम दिने निर्णय गरिएको छ ।नागरिकलाई कसैको घर विपतले भत्केमा सेवा लिन मन्त्री भण्डारीले आवाह््रान गर्नुभयो ।यसैगरी जुम्लमा पर्वतीय प्रहरी प्रतिष्ठान शुरु हुने, कर्णाली प्रतिष्ठान भन्दा ठूलो योजना र उपहार दिने तयारी भईरहेको दावी गर्नुभयो ।

यसैगरी आन्तरिक मामिला तथा कानून मन्त्री नरेभ भण्डारीले सुर्खेतमा बाढीका कारण घर गुमाएका र अलपत्र परेका एक हजार ४५ घर मध्य ६ सय १४ जना नागरिकको कर्णाली सरकारले घर निर्माण गरेको छ ।कालिकोटका पलाता लगायतका क्षेत्रमा आगलागी हुदा क्षेति भएका घर बनाईएको बताउनुभयो । मन्त्री भण्डारीले दिवसको अवसरमा पुर्व तयारी, प्रतिकार्य र पुनस्थापना तिनैमा जोड दिन आवश्यक रहेको बताउदै भवन निर्माण आँचार सहितामा जोड दिन निर्देशन दिनुभयो ।

कार्यक्रममा प्रदेश सभाका सांसद पदम रोकायाले अहिलेको विकास गर्दा विनासलाई पनि ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले डोजरले प्रकृतिलाई नास गर्दै आएको भन्दै होशियार हुन आवश्यक रहेको बताउनुभयो । अहिलेनै कस्ता घर बनाउने बिषयमा हामी सचेत भएका हामी ठूलो क्षेतिबाट जोगिने उहाँको भनाई छ । स्थानिय तहले भुकम्प प्रतिरोधि घर बनाउन आवश्यक रहेकोछ ।भुकम्प प्रतिरोधि नक्सा पास गरेर मात्रै नया सरचना बनाउन आवश्यक रहेको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले भुकम्प सुरक्षाका लागि दिर्घकालिन कामको योजना स्थानीय सरकार सम्म पुरयाउन आवश्यक रहेको जानकारी दिनुभयो । जोखिम प्रतिकार्यमा सवैको सहकार्य हुन आवश्यक रहेको बताउनुभयो । उहाले अव स्थानीय सरकारले अभियानमा बिशेष जोड दिनुपर्ने बताउनु भयो ।

दिवसमा नेपाली सेनाले घर आगलागी भएपछिको उद्धारको बिषयमा डेमो प्रदर्शन गरेको थियो ।नन्दाबक्स गणको बिपत विशेष टोलीले घर आगलागी पछि उद्धार तथा स्वास्थ्यचौकी सम्म पुरयाउने बिषयमा भिडियो देखाएको थियो । यसैगरी नेपाली सेना, शशस्त्र प्रहरीले बिपतमा आवश्यक उद्धारका सामग्रीहरुको स्टल मन्त्री भण्डारी, सांसद रोकाया सहित सरोकारवाला निकायहरुले अवलोकन गरेका थिए।कार्यक्रममा म मेरो घर लगाउदा भुकम्पमैत्री बनाउछु भन्ने प्रतिवद्धतामा समेत हस्ताक्षर गरिएको थियो ।

यस वर्षको ‘बुहप्रकोपीय विपद् भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ नाराका साथ दिवस मनाउन लागिएको हो। भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले दिवस मनाउन शुरु गरेको हो ।२३ औ भुकम्प सुरक्षा दिवस जिल्ला प्रशासन कार्यालय जुम्लाको आयोजना तथा सघन सहरी तथा भवन निमार्ण अयोजना कार्यालय जुम्ला सहयोगमा मनाइएको हो ।