
गोल्डेन बुढा पुष २७ गते जुम्लाको सिंजा गाउँपालिकामा कर्मचारी अभावका कारण एकै जना कर्मचारीले ६ वडा कार्यालयको प्रशासनिक जिम्मेवारी हेर्नु परि रहेको छ । जुम्लाको सिंजा गाउँपालिका ६ वडामा विभाजित छ ।
१५ पुसदेखि सवै वडाको काम एकजना सचिव दलबहादुर रोकायाले गरि रहेको छन् । एक जना कर्मचारीको भरमा ६ वटा वडा सञ्चालन गर्नु पर्दा निकै कठिन भइरहेको उहाँको भनाइ छ । कर्मचारी अभावका कारण वडा कार्यालयमा सिफारिस देखि अन्य कामको पनि समस्या हुने गरेको दुखेसो स्थानीयको छ ।
अहिले गाउँपालिका भरी गरेर जम्मा एक वडा सचिव छन । केही काम गर्न परे सचिव खोज्दै जानु पर्ने अवस्था रहेको स्थानीय रत्नवीर बुढाले जानकारी दिनुभयो ।वडामा रहेका अन्य सहायक कर्मचारीको सहयोगमा सिफारिस, बसाई सराई जस्ता कागजपत्र मिलाएर सचिवलाई दस्तखत गर्ने गरिएको वडा नम्वर १ का वडाअध्यक्ष रणबहादुर रोकाया बताउले बताउनु भएको छ ।
गाउँपालिकामै कर्मचारी अपुग रहेको उहाँको भनाइ छ । कर्मचारी अपुग भएपछि यसको धेरै थोरै असर जनतालाई परेको छ । कर्मचारी नहुँदा वडा कार्यालयका कामकाज चलाउन पनि निकै कठिन भइरहेको छ । गाउँपालिकाका ५ वडामा सचिव कार्यरत भएपनि अहिले जिल्लाबाट बाहिरिए पछि सवै वडाको जिम्मेवारी दलबहादुर रोकायाले गर्दे आउनु भएको छ ।
१ वडाका सचिव घरविदा,२ वडाका सचिव विरामी भएर उपचारमा रहेको सिँजा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्वर २ का अध्यक्ष नविन शर्माले बताउनु भयो । अन्य वडाध्यक्ष सेवाकालिन तालिममा गएकोले अहिले वडामा सचिव नरहेको उहाँको भनाइ छ ।
हिउँदे गाउँसभा अघि वडा तथा गाउँपालिकाको योजना सबै सम्झौता भइसकेका छन् । अहिले जिल्लामा स्थानीय बासी पनि नभएकाले विकास निर्माणका काम नहुने र चिसो भएकोले सचिव नहुँदा पनि खासै समस्या नहुने शर्माले जानकारी दिनु भयो । सिफारीस जन्म दर्ता लगायतका काम सहायक कर्मचारीको सहयोगमा एकै जना सचिवले पुरा गरिरहेका छन ।
यता सिंजा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले योजना सम्झौता भएपनि जुम्लामा चिसोका कारणले विकास निर्माणका काम सुरु नभएको बताउनु भएको छ ।
वडाका सचिव सेवाकालीन तालिमका लागि जिल्ला बाहिरिएको उहाँले बताउनु भएको हो । वडा सचिव नहुँदा सामान्य समस्या आइ रहेपनि गम्भीर समस्या नआउने गरेको उहाँको भनाइ छ ।