
नौरते नेपाली, पुष २६ जुम्ला
जुम्लाको कनकासुन्दरी गाउँपालिकाले हिउदे अधिवेशन गरेको छ । हिउँदे अधिवेसनबाट कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३ लाई विभाजन गरिएको छ । भौगोलिक हिसाबले वडा नम्बर ३ विकट भएकाले वडा विभाजनको प्रस्ताव गाउँसभाले पारित गरेको छ । तत्कालको वडा नम्बर ३ लाई दुईवटा वडा हुने गरी विभाजन गरिएको हो । लुम, ओखरपाटा र गौरीलाई एउटा वडा र माथि बुढु, माझ बुढु तथा गोठेलवाडालाई अर्काे वडा हुने गरी विभाजन गरीएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नैनसिंह बुढाले बताउनु भयो । वडाध्यक्ष मनविर बुढाले गाउँसभामा वडा विभाजनको प्रस्ताव लिनु भएको थियो ।
उहाँले गाउँसभामा पेश गरेको प्रस्ताव दुई तिहाइले पारित गरेका छन् । एउटा वडाबाट अर्काे वडासम्म जानको लागि धेरै समय लाग्ने र नागरिकलाई सेवा लिनको लागि समस्या हुने भएकाले वडा विभाजनको प्रस्ताव गाउँसभामा लिएको उहाँले बताउनु भयो । गाउँपासभाले प्रस्ताव पारित गरि सकेकाले अब औपचारिक रुपमा वडा विभाजनको लागि प्रदेश सरकारमा पठाइने प्रमुख प्रशासकिय अधिकृत बुढाले बताउनु भयो । हिउँदे गाउँसभामा सहभागि गाउँसभाका सदस्यहरुले वडा विभाजनको प्रस्ताव पारित गरेको हुनाले प्रदेश सरकारलाई पत्रसहित वडा विभाजन गरी दिनको लागि अनुरोध गर्ने निर्णय भएको छ ।
नागरिकको सजहताका लागि वडा विभाजन गर्नु परेको बताउँदै वडाध्यक्ष बुढाले नागरिकलाई सेवा लिन सहज हुने प्रतिक्रिया दिनुभयो । साविकको कनकासुन्दरी गाउँपालिका १–४ मा रहेको लुम, ओखरपाटा र गौरीलाई अलग गरिएको उहाँले बताउनु भयो । हिउँदे गाउँसभाले वन तथा वातावारण, गाउँ शिक्षा र स्वास्थ्य विधेयकलाई पनि पारित गरेको छ । गाउँपालिका बासिलाई आधारभूत स्वास्थ्य र सरसफाई सेवा प्रदान गर्नको लागि तिनवटा विधेयक पारित गरिएको गाउँपालिका अध्यक्ष नरविर रावतले बताउनु भयो ।
उहाँका अनुसार स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ बमोजिम गाउँसभाले ऐन पारित गरेको जानकारी गराउनु भयो । गाउँपालिकाको स्वास्थ्य, शिक्षा, सरसफाई र वातावारणीय प्रभाव मूल्याङ्कन गर्नको लागि ऐनले सहयोग गर्ने अध्यक्ष रावतको भनाइ छ । गाउँसभामा सहभागि सदस्यहरुले अध्ययन गरि ऐन पारित गरेका छन् । नागरिकको हितमा ऐन हुनु पर्ने माग गर्दे उनिहरुले शनिबार गाउँसभामा पेश गरिएको ऐनलाई टेबुल मात्रै गर्न थिएका दिए ।
अध्ययन गरि सभाले ऐन पारित गर्नु गाउँसभाका दुई तिहाई सदस्यको माग अनुसार आइतबारका दिन तिन वटा ऐन पारित गरिएको हो । गाउँपालिका ८ वडा विभाजित छ अब ३ नम्बर वडा विभाजन गरेपछि ९ वडा हुने छन् । स्वास्थ्य शाखा संयोजक दामोदर आचार्यका अनुसार १५ शैयाको अस्पताल सञ्चालन गर्ने, पोली क्लिनिक सञ्चालन, एम्बुलेन्स सेवा, प्रसुति गृह सञ्चालन तथा आवश्यक स्वास्थ्यकर्मी र उपकरणको व्यवस्थापन जस्ता कुरा स्वास्थ्य तथा सरसफाई सेवा ऐन २०७७ मा उल्लेख गरिएको बताउनु भयो ।
शिक्षा संयोजक नारायण प्रसाद न्यौपानेले हिउदे गाउँसभाबाट गाउँ शिक्षा नीति २०७७ पारित भएको जानकारी गराउनु भयो । विद्यालय बालमैत्री तथा अपांगमैत्री बनाउने र बालविकास केन्द्रहरु छापामय बनाउने कुरा शिक्षा नीतिमा उल्लेख गरिएको उहाँको भनाइ छ ।