
गोल्डेन बुढा पुष २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा कांग्रेसले शनिवार जुम्लामा प्रदर्शन गरेको छ । कांग्रेसले शनिबार देशभरका ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको हो । त्यही क्रममा जुम्लामा प्रदर्शन गरेको कांग्रेसले बताएको छ ।
जुम्लाको प्रदेशसभा ‘क’ क्षेत्रमा प्रदर्शन गरेको कांग्रेसले बताएको छ । पुस १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार कांग्रेसले शनिबार देशभर प्रदर्शन आयोजना गरेको हो । प्रदर्शनमा सहभागि हुन कांग्रेसका कार्यकर्ताहरु गुठिचौर,पातारासी र तातोपानी गाउँपालिका अन्र्तगतका गाउँगाउँबाट उर्लिएका थिए । विरोध प्रदर्शनमा बोल्दै नेताहरुले संसद विघटनको विरोध गरेका थिए । प्रधानमन्त्रीले असंवैधानिक कदम चालेको नेताहरुले बताएका छन् । जुम्लाको प्रदेशसभा ‘ख’ क्षेत्रमा प्रदर्शन गरेको सिंजाको नराकोटमा गरिएको छ ।
देशका विभिन्न ठाउँमा भएका आमसभालाई सम्बोधन गर्दै कांग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान विरोधी काम गरेको र लोकतन्त्र मास्ने नियत राखेको आरोप लगाएका छन् ।
नागरिकले वर्षाैं लामो त्याग र बलिदान दिएर बनाएको संविधान मिचेर प्रधानमन्त्री ओलीले आफूलाई निरंकुश तानाशाह बनाएको नेताहरुको आरोप छ । जुम्लामा भएको आमसभामा पार्टी उपसभापति लछिमन बोहोराले ओलीले संसद विघटन गरेर संविधान र प्रजातन्त्र विरोधी काम गरेको आरोप लगाउनुभयो ।
संविधान विघटनको विषय सर्वोच्चमा विचाराधिन अवस्थामा रहेकाले यो विषयमा धेरै बोल्न नहुने उहाँको भनाइ छ ।यदि अदालतले संसद विघटनलाई सदर गरेर चुनाव हुने भएमा कांग्रेस चुनावको लागि तयार रहेको पनि बोहोराको भनाइ छ ।
अन्य नेताहरुले प्रधानमन्त्री ओली नसच्चिए पूर्व राजा ज्ञानेन्द्र जस्तै पतन भएर जाने चेतावनी दिनुभयो ।ज्ञानेन्द्रमा जस्तै ओलीमा पनि निरंकुश बन्ने सपना पलाएको तर नागरिकले ओलीका सपनालाई ध्वस्त बनाइदिने नेताहरुको भनाइ छ ।